इपिएलको लागि लण्डनबाट ल्याईयो ‘चियर्स लिडर्स’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 05, 2018 | 07:42:39 PM मा प्रकाशित

laxmi  sunrise bank

यही मङ्सिर २२ गतेदेखि शुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि लण्डनबाट ‘चियर लिडर्स’ ल्याइएको छ । इपिएल आयोजकले आज एक कार्यक्रम गरेर प्रतियोगितामा सहभागी हुने छजना चियर्स लिडर्सलाई सार्वजनिक गरको हो । खेलका दौरान चियर्स लिडर्सले खेलाडी र आम दर्शकलाई मनोरञ्जन दिनेछन् । आयोजकका अनुसार छ जना चियर्स लिडर्सलाई दुई टोलीमा विभाजन गरिनेछ । 

मैदानमा रहने टोलीले लिने रन र विकेटमा चियर्स लिडर्सले रोमाञ्चकता थप्नेछन् । चियर्स लिडरले खेलका दौरान चौका, छक्का प्रहार गर्दा र बलरले विकेट लिँदा साङ्गीतिक धुनसहित आकर्षक नृत्यमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन् । 

क्रिकेट कप्तान पारस खड्काले पहिलो पटक नेपाली क्रिकेटमा गरिएको प्रयोगले प्रतियोगिता मात्र नभएर समग्र नेपाली क्रिकेटको विकास र वृद्विमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । आगामी पुस ७ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने इपिएलमा छ टोलीले प्रतिस्पर्धा गर्ने प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए । 

प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स–११, चितवन टाइगर्स, ललितपुर प्याट्रियर्स र पोखराले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई आन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मान्यतासमेत दिइसकेको छ । उद्घाटन खेलमा विराटनगर वारियस र ललितपुर प्याट्रिओट्सले खेल्नेछन् । विराटनगर राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा तथा ललितपुर राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved