निर्णायक खेलमा टस जितेर बलिंङ गर्दै नेपाल (लाइभ)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2019 | 11:31:09 AM मा प्रकाशित

laxmi  sunrise bank

युएईसंगको तेस्रो तथा अन्तिम एक दिबशीय खेलमा नेपालले टस जितेर फिल्डिंग रोजेको छ । शृंखला १-१ को बराबरीको अवस्थामा आजको खेल दुवै टोलीको लागि गर या मरको अवस्थामा पुगेको छ । ४ वर्षका लागि एकदिवसीय क्रिकेटको मान्यता पाएको नेपाल पहिलो शृंखला जित्ने लक्ष्यमा रहेको छ ।

नेपालले पहिलो खेलमा ३ विकेटको हार बेहोरेको थियो । तर नेपालले दोस्रो खेलमा  १४५ फराकिलो जित निकालेको थियो  ।  रोहितकुमार पौडेलको कीर्तिमानी अर्धशक तथा सोमपाल कामीको ५ विकेटको सहायताले दोस्रो खेलमा नेपालले शानदार जित निकाल्न सफल भएको हो।  एक दिबशीयपछि नेपालले माघ १७, १८ र २० मा टी–२० सिरिज खेल्नेछ । नेपालले एउटै देशसँग एक दिवसीय र टी २० अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको यो पहिलो पटक हो । 

आजको खेल मार्फत नेपालको लागि सन्दिप जोराले एकदिवसीयमा डेब्यु गरेका छन् । आज नेपाली टिममा पारस खडका, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, सोमपाल कामी, दिपेन्द्र ऐरी, सन्दिप लामिछाने, आरिफ शेख, बिंडो भण्डारी , सन्दिप जोरा, करण केसी र ललित राजबंशी रहेका छन् । 

हेर्नुस लाइभ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved