६५ सेकेण्डमै मोउसाले गरे जादुमय गोल, म्यानचेष्टर युनाइटेड स्तब्ध (भिडियो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 04, 2016 | 09:41:40 AM मा प्रकाशित

laxmi  sunrise bank

युरोपा लिग अन्तर्गतको खेलमा फेनेरबिचले म्यानचेष्टर युनाइटेडलाई पराजित गरेको छ। बिहिबार राति भएको खेलमा फेनेरबिचले म्यानचेष्टर युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै समूहको पहिलो स्थानमा उक्लिएको छ। 

खेल सुरु भएको ६५ सेकेण्डमै पहिलो गोल गर्दै फेनरबिचले टिमलाई १-० को अग्रता दिलाए। उनले बाइसाइकल किकमार्फत आकर्षक गोल गरेका थिए। उनए हानेको बललाई म्यानचेष्टर युनाइटेडका गोल रक्षक डिभिड डि गियाले पत्तोनै पाएनन्। 

त्यस्तै खेलको दोस्रो हाफको ५९ औ मिनेटमा फ्री किक मार्फत मौउसाले दोस्रो गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए। खेलको ८९ औ मिनेटमा म्यानचेस्टर युनाइटेडका लागि वायन रुनीले गोल गर्दै खेलमा फर्किने असफल प्रयास गरे।

समूह ए मा रहेको म्यानचेष्टर युनाइटेड यो खेलमा पराजय बेहोरेसंगै समूहको तेस्रो स्थानमा झरेको छ भने म्यानचेष्टर युनाइटेडलाई हराएसँगै फेनरबिच पहिलो स्थानमा उक्लिएको छ । खेलको म्यान अफ द म्यान फेनरबिचका मोउसा भए ।   
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved