रियल म्याड्रिड बराबरीमा रोकियो, बेलले बनाए कीर्तिमान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 04, 2016 | 09:52:30 AM मा प्रकाशित

laxmi  sunrise bank

च्याम्पियन लिग अन्तर्गतको खेलमा साबिक बिजेता रियल म्याड्रिड बराबरीमा रोकिएको छ। गए राति भएको खेलमा भ्रमण टोलि रियल म्याड्रिड लेगिया वार्सासंग ३-३ को बराबरीमा रोकिदै अंक बाड्न बाध्य भएको छ। 

खेलको पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा म्याड्रिड अंक बाड्न बाध्य भएको छ। पहिलो हाफमा म्याड्रिडले २ गोल गर्यो भने बार्साले १ गोल मात्र गर्यो। पहिलो मिनेटमा नै ग्यारेथ बेल तथा ३५ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई सुरुवाति अग्रता दिलाए । ४० औं मिनेटमा लेगिया वार्साका ओपडना ओफोले गोल गर्दै पहिलो हाफमा खेल २–१ को अवस्थामा ल्याए। 

दोस्रो हाफमा बार्सा खेलमा फर्किदै ५८ औं मिनेटमा राडोविक र ८३ औं मिनेटमा मोउलिनले गोल गरेपछि लेगिया वार्साले ३–२ को अग्रता लियो। तर ८५ औं मिनेटमा माटेओ कोभाकिकले रियलका लागि बराबरी गोल फर्काए । बराबरीपछि समूह एफको रियल ८ चार खेलबाट ८ अंकसहित दोस्रो स्थानमा छ । राति नै भएको खेलमा स्पोर्टिङ लिस्बोनलाई १–० ले हराएको बोरुसिया डर्टमुण्ड १० अंकसहित समूहको शीर्ष स्थानमा छ ।

ग्यारेथ बेलले रियल मड्रिडबाट च्याम्पियन्स लिगमा सबैभन्दा छिटो गोल गर्ने कीर्तिमान बनाएका छन् । उनले ५८ औं सेकेण्डमा गोल गर्दै च्याम्पियन्स लिगमा सबै भन्दा छिटो गोल गर्ने रियलका खेलाडी बनेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved