निर्णायक खेलमा सेमिफाइनल प्रवेश लक्ष्य सहित नेपाल र ब्रुनाई भिड्दै  (लाइभ भिडियो) 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 08, 2016 | 05:03:50 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेशियामा जारी सोलिडारिटी कप अन्तर्गत नेपालले  अहिले समुह चरणको अन्तिम खेल खेल्दै छ । नेपालले आज प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको ब्रुनाईसंग प्रतिस्पर्धा गर्न लागेको हो  । 

ब्रुनाईले आफ्नो पहिलो खेलमा पूर्वी टिमोरलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको थियो।  नेपालले भने पूर्वी टिमोरसंग गोल रहित बराबरी खेलेको थियो।  आजको खेलको नतिजाले नेपाल नक आउट चरणमा पुग्ने वा नपुग्ने निर्क्यौल गर्छ ।

सेमिफाइनल प्रबेश गर्न नेपालले आजको खेल बराबरी गरे पुग्छ । तर समुह बिजेता बन्नको लागि भने नेपालले आजको खेल जित्नै पर्छ । आजको खेलमा नेपालली पराजय बेहोरेपनि नेपाल सेमिफाइनलमा पुग्ने सम्भावना रहन्छ । तर त्यसको लागि नेपालले ३ गोल मात्र खानु पर्छ ।  नेपाल र ब्रुनाईबिचको खेल नेपाली समय अनुसार सबा पाँच बजे सुरु हुने छ।

१० वर्ष अघि नेपालले ब्रुनाइसँग २–१ गोल अन्तरको पराजय बेहोरेको थियो । आज नेपाललाई त्यस पराजयको बदला लिने अवसर समेत छ ।  ब्रुनाई भने एक खेल अघि नै सेमिफाइनल पुगी सकेको छ । नेपाल सेमिफाइनलमा प्रवेश गर्न सके फाइनल प्रवेशको लागि मकाउसंग प्रतिस्पर्धा गर्ने छ । 

हेर्नुस लाइभ भिडियो  ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved