बार्सिलोनासँग फेरि हार्‍यो रियल, उपाधिहोड कमजोर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2019 | 12:04:28 PM मा प्रकाशित

laxmi  sunrise bank

रियल म्याड्रिड ३ दिनको अन्तरमा बार्सिलोनासँग फेरि पराजित भएको छ । स्पेनिस लालिगाको चर्चित एल क्लासिकोमा बार्सिलोनाले रियलको घरेलु मैदानमा १–० को जित निकालेको हो । यसअघि कोपा डेल रेको सेमिफाइनलमा पनि बार्सिलोनाले रियललाई हराएको थियो ।

यो हारसँगै रियलको उपाधिहोड कमजोर बनेको छ । बार्सिलोनाले रियलविरुद्ध शीर्ष स्थानमा १२ अंकको अग्रता लिएको छ । बार्सिलोनाले २६ खेलबाट ६२ अंक जोड्दा तेस्रो स्थानमा रहेको रियलको ४८ अंक छ । एट्लेटिको म्याड्रिड ५० अंकका साथ दोस्रो स्थानमा छ । सान्टिएगो बर्नाबेउ मैदानमा बार्सिलानाका लागि खेलको २६औँ मिनेटमा १ मात्र गोल राकिटिकले गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved