आईपीएलमा सन्दीपको टिम दिल्ली क्यापिटल्सको विजयी सुरुवात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2019 | 10:04:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली लेग स्पिनर सन्दपि लामिछानेको टिम दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ । टोलीको पहिलो खेलमा प्लेइङ–११ मा सन्दीप नपरेपनि उनको टिम दिल्लीले आइतबार राति भएको खेलमा  मुम्बई इन्डियनलाई ३७ रनले पराजित गर्यो । 

दिल्लीले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको मुम्बई १९.२ ओभरमा सबै विकेट गुमाएर एक सय ७६ रनमा अल आउट भयो । मुम्बईका लागि युवराज सिंहले ५३ रन, हार्दिक पाण्डेयले ३२, क्विनटन डीककले २७ रन, किरण पोलार्डले २१ र रोहित शर्माले १४ रन बनाए ।

बलिङमा दिल्लीका इशान शर्मा र कागीसो राबडाले दुई दुई विकेट लिए । टे«न्ट बोल्ट, राहुल तवतिया, अक्षर पटेल र किमो पलले एक एक विकेट लिए । 

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय १३ रन बनाएको थियो । दिल्लीका लागि ऋषव पन्तले अविजित ७८ रन बनाए । कोलिन इनग्रामले ४७, शिखर धवनले ४३ र कप्तान श्रेयर ऐरले १६ रन बनाएका थिए । 

दिल्लीले चारजन विदेशी खेलाडीको कोटा रहने प्लेइङ ११ मा सन्दीप अटाएनन् । दिल्लीले विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका कोलिन इनग्राम र फास्ट बलर खगिसो रवाडा अनी किमो पल र अर्का फास्ट बलर ट्रेन्ट बोल्टलाई खेलायो । गत सिजन पनि दिल्लीले सन्दीपलाई पछिल्ला तीन खेल मात्र खेलाएको थियो । गत सिजन सन्दीपले ३ खेलमा ५ विकेट लिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved