आईपिएल: सन्दिप आवद्द दिल्ली क्यापिटलले आज चेन्नईसँग खेल्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2019 | 09:53:41 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्डियन प्रिमियर लिग अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्द दिल्ली क्यापिटलले आज दोस्रो खेल खेल्दै छ। दिल्लीले आज आफ्नै घरेलु मैदानमा चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार बुक ८:१५ बजे सुरु हुनेछ ।

दुवै टोलीले आफ्नो सुरुवाती खेल जितिसकेका छन् ।  दिल्ली क्यापिटल्सले पहिलो खेलमा मुम्बइ इन्डियन्सलाइ ३७ रनले पराजित गरेको थियो भने चेन्नईले बेंगलोरलाई ७ विकेटले पराजित गरेको थियो  । पहिलो राउन्डको खेल सकिदा दिल्ली क्यापिटल्स अन्क तालिकाको पहिलो स्थानमा रहेको छ । 

पहिलो खेलमा सन्दिपले खेल्न पाएका थिएनन्  । आज पनि सन्दिपले खेल्न पाउने नपाउने टुंगो लागेको छैन  । अघिल्लो संस्करणमा चेन्नई बिरुद्द सन्दिप ४ ओभर गर्दै  १ विकेट लिएर मात्र २१ रन खर्चिएका थिए । सन्दिपले सुरेश रैनाको विकेट लिएका थिए  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved