बार्सिलोना भर्सेस लिभरपुलः यस्तो छ ‘हेड टु हेड’ रेकर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2019 | 04:45:42 PM मा प्रकाशित

laxmi  sunrise bank

युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज बार्सिलोना र लिभरपुल भिड्दैछन् । स्पेनिस बार्सिलोना र इंग्लिस टोली लिभरपुल बीचको खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ । आजको खेलपछि दोस्रो लेग मे ७ मा लिभरपुलको घरमा हुनेछ ।

लिभरपुल र बार्सिलोनालाई यो सिजनको प्रमुख उपाधि दाबेदार मानिएको छ । सेमिफाइनलमै यी दुई टोलिको भेट भएपछि आज हुने खेल निकै रामोञ्चक हुने अपेक्षा गरिउको छ । फाइनल पुग्न यी दुई टिमले एकअर्कालाई पाखा जित्नैपर्नेछ । 

हेड टु हेड रेकर्ड

युरोपको सबैभन्दा ठूलो यस प्रतियोगितामा बार्सिलोना र लिभरपुल हालसम्म जम्मा ८ पटक भिडेका छन् । हेड टु हेड रेकर्ड हेर्दा नतिजाका हिसाबले बार्सिलोनाभन्दा लिभरपुल हाबी देखिन्छ । यी दुई टिम च्याम्पियन्स लिगमा जम्मा ८ पटक भिड्दा लिभरपुलले ३ खेल जितेको छ भने बार्सिलोनाले २ खेल जितेको छ । बाँकी तीन खेलमा बराबरीमा रोकिएका छन् ।

३० मार्च १९७६ – बार्सिलोना ०–१ लिभरपुल

१४ अप्रिल १९७६ – लिभरपुल १– १ बार्सिलोना

५ अप्रिल २००१ – बार्सिलोना ०–० लिभरपुल

१९ अप्रिल २००१ – लिभरपुल १–० बार्सिलोना

२० नोभेम्बर २००१ – लिभरपुल १–३ बार्सिलोना

१३ मार्च २००२ – बार्सिलोना ०–० लिभरपुल

२१ फेब्रुअरी २००७ – बार्सिलोना १ – २ लिभरपुल

६ मार्च २००७ – लिभरपुल ०–१ बार्सिलोना

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved