च्याम्पियन्स लिगमा बार्सा विरुद्ध लिभरपुलका दुई खेलाडी मैदान बाहिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2019 | 06:32:26 PM मा प्रकाशित

laxmi  sunrise bank

इंग्लीस क्लब लिभरपुलका दुई स्टार खेलाडी घाईते भएका छन् । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाविरुद्ध मोहम्मद सलाह र रोवर्टो फिर्मिनो लिभरपुलको तर्फबाट नखेल्ने भएका छन् । फाइनल प्रवेशको निर्णायक लेगमा भरपर्दा दुई स्ट्राइकरले नखेल्ने भएपछि लिभरपुललाई बार्सा विरुद्ध जित निकाल्न कठिन हुने देखिएको छ । 

लिभरपुलले सलाह र फिर्मिनो घाइते भएका कारण दुवैले बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका हुन् । पहिलो लेगमै लिभरपुलविरुद्ध ३–० को अग्रता लिएको बार्सिलोनाले सोमबार दोस्रो लेग लिभरपुलको घरेलु मैदानमा खेल्दैछ । 

लिभरपुलका प्रशिक्षक जुर्गेन क्लुपले, ‘हामीले हाम्रा स्टार सलाह र फिर्मिनो बार्साविरुद्धको खेलमा गुमाउने छौं ।’ 

शनिबार राति न्यूक्याश्च युनाइटेडविरुद्धको खेलमा सलाहको शिरमा चोट लागेको छ । खेलमा उनलाई स्ट्रेचरमा चढाएर मैदान बाहिर लगिएको थियो । अबको खेलमा लिभरपुलले बार्सालाई ४–० को गोल अन्तरले जितेमात्र अर्को चरणमा प्रवेश गर्ने मौका पाउनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved