वर्ल्ड र्याफ्टिङ च्याम्पियनसिपमा नेपाल पाँचौ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2019 | 01:24:50 PM मा प्रकाशित

laxmi  sunrise bank

अष्ट्रेलियामा जारी १८औंँ वर्ल्ड र्याफ्टिङ च्याम्पियनसिपको स्प्रिन्ट विधामा नेपाल पाँचौ भएको छ । च्याम्पियनसिपको पहिलो दिन भएको स्प्रिन्टमा पुरुष खुलातर्फ नेपाली टोली पाँचौ भएको हो । यस विधामा ब्राजिल पहिलो, जापान दोस्रो र रुस तेस्रो भएको छ ।

क्वीन्सल्यान्डको टुली नदीमा निर्धारित दूरी नेपाली टोलीले २४७.७८ सेकेन्डमा पूरा गर्यो । विश्व र्याफ्टिङको स्प्रीन्टमा नेपालको यो अहिलेसम्मकै उत्कृष्ट नतिजा हो । नेपाली टोलीमा शक्तिकुमार गुरुङ, पदम बहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ र रविल मियाँ छन् भने कप्तानमा सुरज गुरुङ छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved