अन्तराष्ट्रिय फुटबलका लागि नेपाली टोलीको घोषणा, विमल र भरत बाहिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2019 | 11:25:44 AM मा प्रकाशित

laxmi  sunrise bank

दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक योहान कालिनले नेपालले मलेसियासँग जेठ १९ मा क्वालालम्पुर र चाइनिज ताइपेईसँग जेठ २३ मा खेल्ने मैत्रीपूर्ण फुटबलका लागि टोलीको घोषणा गरेका हुन् । 

फिफा विश्वकप २०२० छनोटको तयारीका रूपमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । एक साताको प्रशिक्षणका आधारमा मुख्य प्रशिक्षक कालिनले टोली छनोट गरेका हुन् ।

फिटनेसका कारण विमल घर्तीमगर र भरत खवास टोलीमा परेका छैनन् । नेपाली टोलीमा अभिषेक रिजालले पहिलोपल्ट स्थान बनाएका छन् । उमेर समूहका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका राइट विंगर अभिषेकले सिनियर टिमबाट आफूलाई प्रमाणित गर्ने अवसर पाएका छन् । 

को को छन् टिममा ?

किरण चेम्जोङ, एलन न्यौपाने, विकेश कुथु, विराज महर्जन (कप्तान), सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल, सुनील बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, विमल राना, नवयुग श्रेष्ठ, अविषेक रिजाल र अञ्जन विष्ट ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved