४४ बर्षपछि पेरु कोपा अमेरिकाको फाइनलमा, उपाधि भिडन्त ब्राजिलसँग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 07:02:54 AM मा प्रकाशित

laxmi  sunrise bank

पेरु ४४ बर्षपछि कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन चिलीलाई ३-० को फराकिलो गोल अन्तरले पराजित गर्दै पेरुले फाइनल भिडन्त पक्का गरेको हो 

पेरुलाई ऐतिहासिक जित दिलाउने क्रममा एडिसन फ्लोरेसले २१औँ र योसिमार योतुनले ३८औँ मिनेटमा गोल गरे। यस्तै इन्जुरी टाइममा जोस पाउओलो गुएरेरोले तेस्रो गोल गरे ।

अब पेरुले उपाधिको लागि ब्राजिलसंग प्रतिस्पर्धा गर्ने छ । ब्राजिलले अर्जेन्टिनालै २-० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ब्राजिलले  १२ वर्षपछि फाइनलमा स्थान बनाएको हो ।

उपाधि भीडन्त आइतबार बिहान हुनेछ। समूह चरणमा ब्राजिलले पेरुलाई ५-० ले पराजित गरेको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved