कोपा अमेरिकाको उपाधि ब्राजिललाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2019 | 07:30:17 AM मा प्रकाशित

laxmi  sunrise bank

आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार राति माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले १२ वर्षपछि कोपा अमेरिकाको उपाधि जितेको हो ।

ब्राजिललाई उपाधि दिलाउन सौसा सोरेस, गाब्रियल जिसस र रिचार्लिसनले गोल गरे । पेरुका लागि भने पाउलो गुइरेरोले गोल फर्काएका थिए ।

खेलको १५ औ मिनेटमा सोरेसले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । खेलको ४४औं मिनेटमा पेरुले बराबरी गोल फर्काएको थियो । पेरुका लागि गुइरेरोले पेनाल्टीबाट गोल गर्दै टिमलाई बराबरीमा पुर्याएका थिए । पहिलो हाफको अतिरिक्त समयमा जिससले गोल गर्दै ब्राजिललाई २–१ गोलको अग्रता दिलाए ।

खेलको ७० औँ मिनेटमा जिससले दोहोरो पहेलो कार्ड खादै मैदान छोडेपछि ब्राजिल १० खेलाडीमा सिमित रह्यो । ब्राजिलका लागि ९० औं मिनेटमा पेनाल्टीबाट रिचार्लिसनले गोल गर्दै ब्राजिललाई ३–१ गोलको जित दिलाए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved