राखेपको सदस्य सचिवमा रमेश सिलवाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2019 | 01:22:23 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई नियुक्त गरेको हो । तर यो निर्णय भने सरकारले सार्वजनिक गरिसकेको छैन । 

सिलवाल गोल्डेनगेट कलेजका सञ्चालक तथा निजी विद्यालयको छाता संगठन हिसानका अध्यक्ष पनि हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओली युवा संघको अध्यक्ष हुँदा सिलवालले सचिव थिए । नेपाल क्रिकेट संघ क्यान आईसीसीको निलम्बनमा पर्दा सरकारले सिलवालकै नेतृत्वमा क्यानको तदर्थ कमिटी पनि बनाएको थियो ।

केशवकुमार विष्टको कार्यकाल असार ९ गतेबाट सकिएपछि सरकारले १८ औँ सदस्य सचिवका रुपमा सिलवाललाई नियुक्त गरेको हो ।

राखेपको सदस्य सचिव बन्न विष्टसहित उपाध्यक्ष पीताम्बर तिमल्सिना, स्वयम्भुराज डंगोल, मीना श्रेष्ठ, दानबहादुर तामाङ, सुदिल शाही, गोविन्द शाहीलगायत लविङमा थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved