एसीसी एसिया कप: आज पनि नेपालको खराब प्रदर्शन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 01, 2016 | 02:11:08 PM मा प्रकाशित

laxmi  sunrise bank

एसीसी एसिया कप महिला टी–२० क्रिकेट प्रतियोगितामा नेपालले आज पनि खराब प्रदर्शन गरेको छ ।

थाइल्याण्डमा जारी प्रतियोगिताको चौथो खेलमा नेपाली महिला टिम आयोजक थाइल्याण्डसँग आठ विकेटले पराजित भएको हो । 

नेपालले दिएको ६४ रनको लक्ष्य आयोजक थाइल्याण्डले १६ ओभरमा दुई विकेट गुमाएर पुरा गर्‍यो । थाइल्याण्डका लागि ओपनरहरु नात्ताकान चान्तमले २४ रन तथा  सिरिन्त्रा २७ रनमा अविजित रहिन् । नाटाया चार तथा टिप्पोच चार रनमा अविजित रहिन् । नेपालकी सीता मगरले दुई विकेट लिइन् । 

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाएर ६३ रनको झिनो योगफल बनाएको थियो । नेपालका लागि ओपनर ज्योती पाण्डेले १६ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । सीता रानामगर ९ तथा कप्तान रुविना क्षेत्री आठ रनमा आउट भईन् । यस्तै नेरी थापा सात रनमा आउट भईन् ।  नेपालले ११ अतिरिक्त रन पाएको थियो । थाइल्याण्डकी टिप्पोच र लाओमीले समान दुई–दुई तथा चनिडा, सायना र नाटायले एक–एक विकेट आफ्नो नाममा लेखाईन् । नेपालले यसअघि पाकिस्तान, श्रीलंका र बंगलादेशसँग पराजित भएको थियो । 

नेपालले भोलि भारतको सामना गर्दैछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved