फिफा बरियतामा नेपालको फड्को

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 12:12:49 PM मा प्रकाशित

laxmi  sunrise bank

फिफा बरियतामा नेपालले फड्को मारेको छ  । विश्व फुटबल महासंघ फिफाले आज सार्वजनिक गरेको पछिल्लो बरियता अनुसार नेपाल ५ स्थान बाँकि उक्लिएको छ  । नयाँ बरियतामा नेपाल ५ स्थान माथि उक्लदै १६१ औ स्थानमा पुगेको हो  । नेपालको कुल अंक ९९९ अंक रहेको छ  ।

छिमेकि मुलुक भारत भने एक स्थान तल झरेको छ  । भारत १०४ औ स्थानमा रहेको छ  । म्यानमार १० स्थाल तल झर्दै १४५ स्थानमा, अफगानिस्तान ३ स्थान माथि उक्लदै १४६ औ स्थानमा छ  । त्यस्तै माल्दिभ्स १५३ औ स्थानमा छ  । दक्षिण एसियाली देश मध्ये भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान भने नेपाल भन्दा तल छन्  

विश्व बरियतामा बेल्जियम शिर्ष स्थानमा कायम छ भने फ्रान्स, ब्राजिल, इंग्ल्यान्ड, र पोर्चुगल क्रमश दोस्रो, तेस्रो, चौथो र पाचौ स्थानमा छन्  । छैठौ देखि १० औ वरियतामा क्रमश युरुग्वे, स्पेन, क्रोएसिया, कोलम्बिया, र अर्जेन्टिना छन्  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved