शर्त सहित क्यानको निलम्बन फुकुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2019 | 09:14:41 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नेपाल क्रिकेट एसोसिएसन (क्यान) माथि लगाएको निलम्बन फुकुवा गरेको छ । दुबईमा बसेको आईसीसीको बोर्ड बैठकले निलम्बन सर्शत फुकुवा गरेको हो ।

निलम्बन फुकुवाका लागि आईसीसीले केही शर्तहरु अघि सारेको छ । आईसीसीको बोर्ड बैठकमा क्यान निलम्बन फुकुवाबारे गम्भीर छलफल भएको थियो । आईसीसीका अध्यक्ष शंशाक मनोहरले अब निलम्बन फुकुवाको लागि संक्रमणकालीन योजना अघि सारिने जनाएका छन् ।  जसमा नियन्त्रित फण्डिङ पनि पर्नेछ । 

 साढे ३ वर्षअघि नेपालमा राजनीतिक हस्तक्षेप भएको भन्दै क्यानमाथि आईसीसीले प्रतिबन्ध लगाएको थियो । निलम्बनपछि आईसीसीले नेपालको अन्तर्राष्ट्रिय प्रतियोगिताको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved