टि २० विश्वकपको छनौटमा ३ करोडको म्याच फिस्किङ !

कप्तान सहित ३ खेलाडी निलम्बित
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2019 | 08:41:03 AM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले शुक्रबारदेखि सुरु हुन् लागेको टि २० विश्वकपको छनौटमा म्याच फिक्सिंङ हुन् लागेको खुलासा गरेको छ  । आईसीसीले युएईले त्यस प्रतियोगितामा फिक्सिंङ गर्न लागेको खुलासा गर्दै युएईका कप्तान सहित ३ खेलाडीलाई निलम्बन गरेको छ  । आईसीसीले कप्तान मोहम्मद नाभिद र टोलीक सिनियर खेलाडी शैमान अन्वार, र कादर एहमदलाई निलम्बन गरेको हो  । 

ईएसपीएन क्रिक इन्फोका अनुसार उनीहरुले प्रतियोगितामा २ लाख ७२ हजार डलरसम्मको फिक्सिङको योजना बनाएका थिए  । जुन नेपाली रुपैयाँ ३ करोड भन्दा बढी हो  । उनीहरुले कम्तिमा ३ खेलमा सेसनदेखि खेलको नतिजा नै फिक्स गर्ने तयारी गरेका थिए  । आईसीसीले यो खेलाडीहरुलाई गत अप्रिल देखि निगरानीमा राखेको र थप अनुसन्धान जारि रहेको बताएको छ  ।

टि २० विश्वकप छनौट शुक्रबार देखि युएई मै हुदै छ  । प्रतियोगितामा १७ टोलीले सहभागिता जनाउदै छन्  । जस मध्ये उत्कृष्ट ६ टोलीले टि २० विश्वकपमा सहभागिता जनाउन पाउने छन्  । यस प्रतियोगितामा युएईलाई पनि उपाधि दाबेदारको रुपमा मानिएको थियो । तर कप्तान सहित ३ खेलाडी कारबाहीमा परेपछि टोलीको यात्रामा केहि धक्का लागेको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved