महिला भलिबलमा नेपाललाई ऐतिहासिक उपाधी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2019 | 04:12:32 PM मा प्रकाशित

laxmi  sunrise bank

पहिलो संस्करणको एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप उपाधि नेपालले जितेको छ । नेपाली महिला भलिबल टोली एभिसी च्याम्पियन बन्दै नेपाली भलिबल खेलको इतिहासमै पहिलोपटक स्वर्णपदक जितेको हो ।

बिहिबार भएको फाइनल खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै ऐतिहासिक उपधि उचालेको हो । खेल अवधिभर नेपाल अपराजित र एक सेट पनि नगुमाई च्याम्पियन बन्न सफल भएको हो । आजको खेलमा नेपालले पहिलो सेट २५–१३, दोस्रो सेटमा २५–१२ र तेस्रो सेटमा २५–८ को एकपक्षीय जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो । 

किर्गिस्तानले घरेलु टोली बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो भएको छ । 

सन् २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा जितेको रजतपदक नै नेपाली भलिबलको सबैभन्दा ठुलो पदक थियो । यो बाहेक नेपालले दक्षिण एसियाली खेलकुद प्रथियोगिता (साग) मा तीन कास्यपदक जितेको थियो । 

पुरुष भलिबल टोलीले पनि हालसम्म जितेको सबैभन्दा ठूलो पदक कास्य मात्रै हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved