क्रिकेटको पहिलो खेलमा नेपाल पराजित, दिपेन्द्रको अर्धशतक छायाँमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2019 | 02:28:16 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ | श्रीलंकाको यु २३ ले नेपाललाई ६ विकेटले पराजित गरेको हो 

टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७२ रन जोडेको थियो | नेपालको लागि दिपेन्द्र सिंह क्षेत्रीले ४४ बलमा नट आउट ७२ रन जोडेका थिए | त्यस्तै ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारी समान २१, पवन शराफले २२ तथा आरिफ शेखले १९ रन जोडे

१७३ रनको लक्ष्य पाएको श्रीलंकाले उक्त लक्ष्य ५ बल बाँकि रहदै १९.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो  | श्रीलंकाको लागि पि निसान्काले १२ बलमा ३० रन, के फर्नान्डोले ४२ बलमा ४६, सामु आसमले ४४ बलमा नट आउट ७२ रन बनाए | नेपालका लागि पवन सराफले २, सोमपाल कामीले १ र सुशन भारी १ विकेट लिए

सागको पुरुष क्रिकेटमा नेपाल, श्रीलंका, बङलादेश, भुटान र माल्दिभस  सहभागी छन्

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved