यु-१९ एसिया कपमा नेपालको लगातार दोश्रो हार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 16, 2016 | 04:28:04 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलंकामा जारी यु १९ एसिया कप अन्तर्गत दोस्रो खेलमा समेत नेपाल पराजित भएको छ। हिजो श्रीलंकासमेत मात्र १ रनले पराजित भएको नेपाली टोलि भारतसंग भने ६ विकेटले पराजित भएको छ।

नेपालले दिएको १७३ रनको लक्ष्य भारतले मात्र ३३.३ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा ९९ बल बाँकी रहँदै नै पुरा गर्न सफल रह्यो| नेपालका लागि पवन सर्राफले ६ ओभर गर्दै ४३ रन दिएर ३ विकेट लिन सफल रहे भने सन्दिप लामिछानेले पुरै १० ओभर बलिंग गर्दै मात्रै १ विकेट लिए। भारतका लागि  शुभम गिलले सर्वाधिक ५७ रन जोडे।    
 
टस जितेर पहिले ब्याटिंग गरेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा १७२  रन जोड्यो। नेपालका लागि रोहित कुमारले सर्बाधिक ६८ रन जोडे । उनले अन्तिम ओभरमा २ छक्का र ३  चौका समेत प्रहार गरे । उनले खेलमा कुन ७ चौका प्रहर गरे । ६८ मध्ये उनको ४० रन बाउन्ड्रीबाट आएको थियो  । 

त्यस्तै हिजोको खेलमा ९० रनको  उत्कृष्ट पारी खेलेका दिपेन्द्र सिंह ऐरीले ३४ रन जोडे  ।  खेलमा आसिफ शेखले १८, केसी प्रकाशले १३, सन्दिप सुनारले ७ , शुभानकर उराउले ९ रन , पवन शरफले २, कप्तान सन्दिप लामिछानेले ७ रन जोडे  ।  

भिम सार्की, नन्दन यादव र आदील खानले खाता नै खोल्न सकेनन्  ।  भारतका लागि राहुल चाहरले सर्बाधिक ५ विकेट लिए ।     

 


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved