‘पीपिएल’को सह–प्रायोजकमा नेपाल टेलिकम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2019 | 04:42:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले पोखरा प्रिमियर लिग (पीपीएल) को सह–प्रायोजन गर्ने भएको छ । पीपीएलका १५ वटा लिग, एक–एकवटा क्वालिफायर र फाइनल गरी कूल  १७ खेलमा सहभागी खेलाडीहरुलाई कम्पनीले सम्मान र गिफ्ट उपलब्ध गराउनेछ । 

लिगका प्रत्येक खेलका उत्कृष्ट खेलाडीहरुलाई कम्पनीले ‘नेपाल टेलिकम म्यान अफ द म्याच’ उपाधि प्रदान गर्नेछ । ती खेलाडीलाई पुरस्कारका रुपमा १२ जीबीको डाटा प्याक र नेपाल टेलिकमको नेटवर्कमा कल गर्न सकिने गरी १ हजार १ सय मिनेटको टक भ्याल्यु भएको भ्वाइस प्याक उपलब्ध गराउने टेलिकमले बताएको छ । प्रत्येक खेलका एक जना खेलाडीलाई ‘गेम चेन्जर अफ द डे’ उपाधि प्रदान गरिने र ती खेलाडीलाई १२ जीबी डाटा र ४ सय ९० मिनेट टक भ्याल्यु भएको भ्वाइस प्याक उपलब्ध गराइने पनि टेलिकमले जनाएको छ । एक जना खेलाडीलाई ‘एनटी फोरजी फास्टेस्ट बलर अफ द टुर्नामेन्ट’ उपाधि प्रदान गरिने र ती खेलाडीलाई १ सय ४४ जीबी डाटा प्याक र ५ हजार ८८० मिनेटको भ्वाइस प्याक उपलब्ध गराउने टेलिकमले जनाएको छ । 

पीपिएल मंसिर २८ गतेदेखि आगामी पुस १२ गतेसम्म चल्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved