आईसीसी वरीयताः विश्व चर्चित क्रिकेटर पारसलाई पछ्याउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2020 | 06:04:50 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको टी–२० को नयाँ वरीयतामा नेपालका पूर्व कप्तान पारस खड्काले विश्वका चर्चित क्रिकेटरलाई पछि पारेका छन् । अलराउण्डरतर्फ वरीयताको २५ औँ स्थानमा यथावत रहेका पारसले अफगानिस्तानका राशिद खान, भारतका हार्दिक पाण्डया, दक्षिण अफ्रिकाका क्रिस मोरिसलाई समेत पछि पारेका छन् ।

अफगानिस्तानका राशिद २८ औँ स्थानमा छन् भने भारतका विराट कोहली भने ४१ औँ स्थानमा छन् । 

टी–२० को वरीयतामा पूर्व कप्तान पारससहित नेपालका ४ खेलाडी सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने परेका छन् । अलराउण्डरतर्फ करण ७४ औँ स्थानबाट ७५ औँ स्थानमा झरेका छन् । सोमपाल कामी ६८ औँ स्थानमा पुगेका छन् । 

ब्याटिङको वरीयतामा पारस ६० औँ स्थानमा यथावत रहँदा बलिङतर्फ सन्दीप ८४ औँ स्थानमा यथावत छन् ।

को कति औँ स्थानमा ?


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved