आईपीएल फाइनलको मिति तय, यस पटक के छ नयाँ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2020 | 09:59:42 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्डियन प्रिमियर लिग आईपीएलको २०२० संस्करणको फाइनल खेल मे २४ तारिखमा मुम्बईमा हुने भएको छ  । भरतीय क्रिकेट बोर्डको सोमबार बसेको बैठकले फाइनलको मिति र स्थान तय गरेको हो । 

त्यस्तै बैठकले खेलहौर भारतीय समय अनुसार ८ बजे सुरु गर्ने जनाएको छ  । यस अघि खेलहरि ७:३० मा सुरु हुने चर्चा चलेको थियो  । तर बोर्डले एउटा मात्र खेल भएको दिन ८ बजे सुरु गर्ने र दुईवटा खेल हुँदा पनि पहिलो खेल ४ बजे र दोस्रो खेल ८ बजे नै सुरु गर्ने निर्णय गरेको हो  । बोर्डले यस पटक ५ दिन मात्र २ वटा खेल राखिने जनाएको छ  । 

आगामी आईपीएलमा पहिलो पटक कनकसन सब्सीट्युटको ब्यबस्था हुने भएको छ  । यस अनुसार यदि खेलको समय कुनै खेलाडी घाइते भए उनको स्थानमा आउने खेलाडीले घाइते भएको खेलाडीले गर्ने काम गर्न पाउने छ  । यसअघिको आईपीएलमा यो ब्यबस्था थिएँन। 

त्यस्तै यस पटक 'थर्ड अम्पायर नो बल' को ब्यबस्था पनि सुरु गरिने भएको छ  । यस अनुसार नो बल भएको नभएको हेर्ने काम थर्ड अम्पायरले गर्ने छन्  । यस अघि अन फिल्ड अम्पायरले नै नो बल भएको नभएको हेर्ने काम गर्थे । 

त्यस्तै यस पटक मुख्य प्रतियोगिता सुरु हुनु अगाडी विश्वभरका आईपीएल खेलेका चर्चित खेलाडी सम्मिलित 'अल स्टार्स गेम्स' हुने भएको छ । यसबाट उठेको रकम च्यारिटीको लागि प्रयोग गरिने बोर्डले जनाएको छ ।

आईपीएलमा नेपाली खेलाडी सन्दिप लामिछाने दिल्ली क्यापिटलमा आवद्द छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved