चितवनले भित्र्यायो पाउल स्टर्लिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2020 | 06:54:09 PM मा प्रकाशित

laxmi  sunrise bank

चितवन टाइगर्सले चर्चित क्रिकेटर पाउल स्टर्लिङलाई भित्र्याएको छ । स्टर्लिङले गत वर्ष पनि चितवन टाइगर्सबाटै एभरेष्ट प्रिमियर लिग (इपिएल) खेलेका थिए । यस वर्ष पनि चितवनले दोस्रो विदेशी खेलाडीको रुपमा उनलाई भित्र्याएको हो । 

स्टर्लिङ आयरल्यान्डका प्रमुख खेलाडी हुन् । उनले आयरल्यान्डबाट ३ टेस्ट, १ सय १७ वानडे अन्तर्राष्ट्रिय र ७५ टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । टी–२० मा २ हजारभन्दा बढी रन बनाएका स्टर्लिङको स्ट्राइक रेट १ सय ४० छ । 

चितवनले अफगानिस्तानका ब्याट्सम्यान एवंम विकेटकिपर मोहम्मद सेहजादलाई यसअघि नै भित्र्याइसकेको छ ।

सोमपाल कामीलाई ट्रेडमार्फत लिएको चितवनसँग कमलसिंह ऐरी, सागर ढकाल, शाहव आलम, दिलीप नाथ, ललितसिंह भण्डारी, इशान पाण्डे, आदिल खान, सन्दीप सुनार, भिम सार्की, खडक बोहोरा लगायत खेलाडी छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved