२ खेलमै १७ गोल गरीसकेको नेपालले आज  श्रीलंकासंग प्रतिस्पर्धा गर्दै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 30, 2016 | 12:04:11 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको सिलिगुडीमा जारी दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा नेपालले समुह चरणको आफ्नो अन्तिम खेलमा आज श्रीलंकासंग प्रतिस्पर्धा गर्दै छ ।  

पहिलो खेलमा भुटानलाई ८—० र दोस्रो खेलमा माल्दिभ्सलाई ९— ० को फराकिलो अन्तरले पराजित गरेको नेपाल उत्कृष्ट लयमा छ ।  श्रीलंकालाई पनि पराजित गरेर समुह बिजेता बन्दै दोस्रो चरण पुग्ने नेपालको लक्ष्य रहेको छ । 

प्रतियोगितामा नेपालले ३ पटक नै उपविजेतामा चित्त बुझाएको छ । तिनै पटक नेपाललाई पराजित गर्दै भारत च्याम्पियन बनेको हो  ।

खेल दिउँसो २ : ३० बजे कञ्चनजंगा खेल मैदानमा हुने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved