ब्लाईन्ड टि २० वल्ड कप सोमबारदेखि, नेपालसहित १० देश खेल्दै (तालिकासहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 30, 2017 | 03:06:27 AM मा प्रकाशित

laxmi  sunrise bank

दृष्टिबिहिनहरुले खेल्ने 'ब्लाईन्ड टि २० वल्ड कप' को दोस्रो संस्करण सोमबारदेखि भारतमा सुरु हुदै छ  । प्रतियोगितामा नेपाल सहित १०  देशले सहभागिता जनाउदै छन् । प्रतियोगितामा नेपाल सहित डिफेन्डिंग च्याम्पियन भारत, पाकिस्तान, अस्ट्रेलिया , इंग्ल्यान्ड , साउथ अफ्रिका, न्युजल्याण्ड, श्रीलंका, वेस्ट इन्डिज र बंगलादेशको सहभागिता रहने छ । भारत सन् २०१२ मा भएको पहिलो संस्करणको बिजेता हो । भारतले पाकिस्तानलाई पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतियोगिताको फाइनल खेल फेब्रुअरी १२ मा बंगलोरको चिन्नस्वामी रंगशालामा हुने छ ।

 दृष्टिबिहिनहरुले खेल्ने सबै प्रतियोगिता 'ब्लड ब्लाईन्ड क्रिकेट काउन्सिल' ले संचालन गर्छ । नेपाल यसको 'फुल मेम्बर' हो ।

यस्तो छ नेपालको टिम  ।

B1 (पूर्ण दृष्टिबिहिन) बाट : बिक्रम बहादुर राणा, सुनिल सुबेदी क्षेत्रि, जीवन गुरुङ, अब्दुल जाहिद र भरत चौलागाई  ।

B2 बाट  ( ५ मिटरको दुरीसम्म देख्न सक्ने) : दुर्गा दत्त पौडेल. शोभ राम डाँगी, सुनिल राणा, र बद्रि चौलागाई  ।

B3 बाट ( २० मिटरको दुरीसम्म देख्न सक्ने) : कृतन श्रेष्ठ दुवाल, सुनिल थापा मगर, रमेश बहादुर बानिया, शंकर रेग्मी, र पदम बडेला । 

टोलीमा B1 बाट कम्तिमा ४ जना, B2 बाट ३ जना र B3 बाट अधिकतम ४ जना राख्नु पर्ने हुन्छ    । 

यस्तो छ खेल तालिका ।

 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved