जापान केन्दो फेडेरेसनबाट खेलकुद सामग्री हस्तान्तरण, तस्विरमा हेर्नुहोस केन्दो खेलको डेमोस्ट्रेसन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 09, 2017 | 07:32:29 AM मा प्रकाशित

laxmi  sunrise bank

जापान केन्दो फेडेरेसनले नेपाल केन्दो एण्ड लैदो एशोसिएशनलाई केन्दोको खेलकुद सामग्री हस्तान्तरण गरेको छ। जापानी राजदुताबासमा आयोजित कार्यक्रममा नेपालका लागि जापानीज राजदुताबासका फस्ट सेक्रेटरी सेक्रेटरी कियोहिको हामादाले सो खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन।

सहयोगार्थ हस्तान्तरण गरिएको केंदो खेलकुद सामग्रीमा केन्दो खेलमा प्रयोग हुने बुगु सेट १०, सिनाल १०, डेन्डो गी ६ र हकामा ४ पिस रहेको छ। सो सामग्री फस्ट सेक्रेटरी कियोहिको हामादाले नेपाली केन्दो तथा लाइदो एशोसिएशनका अध्यक्ष गणेश राइलाई हस्तान्तरण गरे।

नेपालका १५ भन्दा बढी जिल्लामा दर्ता भइसकेको यो खेलका लागि आबस्यक पर्ने खेल सामाग्री महंगो हुने भएकाले आफै खरिद गर्न नसकिने संघका अध्यक्ष राइले जानकारी दिए ।

कार्यक्रमको अवसरमा देखाइएको केन्दो खेलको डेमोस्ट्रेसन 
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved