'३ फ्री हिट' बन्यो नेपालको हारको प्रमुख कारण,यस्तो छ समूह तालिकामा नेपालको अवस्था 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 12, 2017 | 05:01:57 AM मा प्रकाशित

laxmi  sunrise bank

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या बिरुद्दको खेलमा नेपाल पराजित भएको छ। बर्षातका कारण ढिला गरि सुरु भएको खेलमा नेपाल केन्यासंग ५ विकेटले पराजित भएको छ। 

बर्षात बाधक बन्दा डकवर्थ लुइस पद्दति अनुसार तय भएको खेलमा केन्याले ११ बल अगाबै आफ्नो लक्ष्य भेट्टाएको हो। डकवर्थ लुइस पद्दति अनुसार ३८ ओभरको खेललाई २६ ओभरमा घटाएर केन्याले ९६ रनको लक्ष्य पाएको थियो। जसलाई केन्याले ५ विकेटको क्षतीमा ११ बल अगाबै हासिल गरेको थियो। 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कुल ३६ ओभरमा ८ विकेटको क्षतिमा १११ रन बनाउन सफल रह्यो। बर्षातले खेल अवरुद्द भए पश्चात खेललाई डकवर्थ लुइस पद्दति अनुसार २६ ओभरमा घटाइएको थियो। जहा नेपालले ५ विकेटले खेल गुमाउन पुगेको छ। 

नेपालका लागि उत्कृष्ट प्रदशन गर्दै आएका सोम्पाल कामि आजको खेलमा महंगा साबित भए। जस कारण नेपालले सहजै खेल हार बेहोर्न पुगेको छ। सोम्पाल कामीले आफ्ना ३ ओभरमा ३ वटा नो बल गर्दै केन्यालाई ३ पटक फ्री हिटको अवसर दिए। 

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको पाचौं चरणको खेलको नतिजा पश्चात केन्या १० अंक सहित ५ औ स्थानमा पुगेको छ भने नेपाल ६ अंकको साथ ६ औ स्थानमा झरेको छ। केन्याले ९ खेल खेल्दै १० अंक बटुलेको छ भने नेपालले ९ खेलमा ६ हार र ३ जित सहित ६ अंक बटुलेको छ। नेपाल र केन्याबीच पाचौं चरणको दोस्रो खेल सोमबार हुने भएको छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved