पारस खड्काको टिमको शानदार जित, कन्चनपुर आइकोनिकलाई पछि पार्दै प्ले अफमा प्रवेश, यस्तो छ प्ले अफ तालिका

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 17, 2017 | 12:08:30 PM मा प्रकाशित

laxmi  sunrise bank

धनगढीमा जारी 'धनगढी प्रिमियर लिग'को समुह चरणका खेलहरु सकिएका छन् । आज समुहको चरणको अन्तिम खेलमा रुपन्देहि च्यालेन्जर्स र धनगढी टिम सौराहाबीच खेल भएको थियो । खेलमा  धनगढी टिम सौराहाले शानदार जित हात मात्रै पारेन प्ले अफमा पनि छनौट भयो ।

टस जितेर ब्याटिंग रोजेको रुपन्देहि च्यालेन्जर्सले निर्धित २० ओभरमा ६ विकेटको क्षतिमा ९१ रन मात्र जोड्न सक्यो  । ९२ रन्को बिजयी लक्ष्य लिएर मैदान उत्रेको धनगढी टिम सौराहाली केवल ११ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो  । सौराहाको जितमा कप्तान पारस खड्काले २१ बलमा ४२ रन जोडे  ।

जित संगै सौराहा अंक सहित प्ले अफमा प्रवेश गरेको हो  । १ खेल मात्र जितेको सौराहा टिमलाई प्ले अफमा पुग्न लक्ष्य १४ ओभर भित्रै भेट्टाउनु पर्ने थियो  ।

कन्चनपुर् आईकोनिकको पनि समान ४ अंक भए पनि सौराहाले रन रेटको आधारमा प्ले अफमा स्थान पक्का गरेको हो  ।

अब प्ले अफ चरण अन्तर्गत निम्न खेलहरु हुने छन्  ।

क्वालिफयर १: आगामी बुधबार क्वालिफयर १ अन्तर्गत रुपन्देही च्यालेन्जर्स र विराटनगर किंग्स भिड्ने छन्  । यस खेलको बिजेताले सिधै फाइनलमा स्थान बनाउने छ ।

एलिमिनेटर : आगामी बुधबार नै एलिमिनेटर अन्तर्गत काठमाडौँ गोल्डेनस र धनगढी टिम सौराहाबीच प्रतिस्पर्धा हुने छ । यस खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ भने बिजेताले क्वालिफयर १ मा पराजित हुने टोलीसंग क्वालिफायार २ खेल्ने छ ।

क्वालिफायर २: बिहिबार क्वालिफायर २ अन्तर्गत क्वालिफयर १ मा पराजित हुने टोली र एलिमिनेटरमा बिजेता हुने टोलीले प्रतिस्पर्धा गर्ने छन् । बिजेता फाइनलमा प्रवेश गर्ने छ  ।

फाइनल: फाइनल खेल आगामी शनिबार हुने छ  । फाइनलमा क्वालिफयर १ र क्वालिफयर २ का बिजेता बीच प्रतिस्पर्धा हुने छ । 

यस्तो छ हालको अंक तालिका  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved