च्याम्पियन्स लिगमा रोनाल्डोको सनसनी, ह्याट्रिकले रियल म्याड्रिड लिगको फाइनल नजिक (भिडियो)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 03, 2017 | 08:33:13 AM मा प्रकाशित

laxmi  sunrise bank

च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत रोनाल्डोप्रेरित खेलमा रियल म्याड्रिडले एथलेटिको म्याड्रिडलाई ३–० गोल ले पराजित गरेको छ। जितसंगै रियल म्याड्रिड प्रतियोगिताको फाइनलमा एक कदम नजिक पुगेको छ ।

रोनाल्डोको उत्कृष्ट प्रदशनसंगै रियल म्याड्रिड ४ बर्षमा तेस्रो फाइनल नजिक पुगेको हो । खेलको १० औ मिनेटमा पहिलो गोल गर्दै रोनाल्डोले टिमलाई १-० को अग्रता दिलाए।  खेलको ७३ औँ मिनेटमा भने १६ यार्डमा शक्तिशाली प्रहार गर्दै रोनाल्डोले रियलको अग्रता दोब्बर बनाए ।

खेलको अन्त्यमा लुकास भाजक्वेजको पासमा सहज गोल गर्दै उनले ह्याट्रिक पूरा गरे । क्वाटरफाइनलमा उनले बायर्न म्युनिखविरुद्ध ह्याट्रिक गर्दै पाँच गोल गरेका थिए ।

रोनाल्डो बने नायक

ठुला प्रतियोगितामा आफ्नो कौशलता प्रदशन गर्न नचुक्ने रोनाल्डोले यस प्रतियोगितामा समेत १०३ गोल गरेका छन। यो प्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडको पुरै टोलीले गरेको गोलभन्दा पनि धेरै हो । एथ्लेटिकोले प्रतियोगितामा हालसम्म १ सय गोल गरेको छ । 

रोनाल्डोले नकआउट चरणमा ५२ गोल गर्दै समूह चरणभन्दा धेरै गरेका छन् । पछिल्ला तीन खेलमा उनले ८ गोल गर्दै यो सिजन आफ्नो गोल संख्या १३ पुर्याएका छन् ।

उनले सेमिफाइलनमा १३ गोल गरेका छन् जुन अन्य खेलाडीको तुलनामा बढी हो ।उनले प्रतियोगितामा ७ औँ ह्याट्रिक गर्दै लियोनेल मेस्सीसँग बराबरी गरेका छन् । रियलमा आएपछि उनको यो ४२ औँ ह्याट्रिक हो ।

३२ वर्षको उमेरमा उनले आफूलाई विंगरभन्दा पनि स्ट्राइकरको रुपमा विकास गरिरहेका छन् । खेलमा टोनी क्रुसले १२३ पटक बल छोएकोमा रोनाल्डोले मात्र ५० पटक त्यसो गरेका थिए ।


के रियलले इतिहास बनाउँला ?

सन् १९९२ मा प्रतियोगिताको रिब्रान्डिङ गरेपछि कुनै पनि टोली हालसम्म यो उपाधि लगातार दुई पटक जितेको छैन । रियल त्यसलाई तोड्ने दाउमा रहेको छ ।

जिनेदिन जिदानको टोली ला लिगामा पनि सन् २०१२ पछि पहिलो पटक उपाधि जित्ने दाउमा रहेको छ ।च्याम्पियन्स लिगको फाइनल जुन ३ मा कार्डिफमा हुनेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved