भारत-पाकिस्तानको 'हाई भोल्टेज' खेल आज, नेपालमा पनि अत्यधिक चासो, यस्तो छ बिगत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 04, 2017 | 12:02:58 PM मा प्रकाशित

laxmi  sunrise bank च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता अन्तर्गत आज बहुप्रतिक्षित र रोमान्चक खेल हुदै छ । आज प्रतियोगिता अन्तर्गत समुह बि मा रहेका भारत र पाकिस्तान भिड्न लागेका हुन् । यस खेललाई लिएर सदा झैँ बिश्व भर उत्साह छ । 

यस खेललाई लिएर भारत भन्दा पाकिस्तानमा धेरै उत्साह रहेको गुगलको तथ्यांकले देखाएको छ । बितेको एक हप्ताको अबधिमा भारत भन्दा बढी पाकिस्तानबाट यस खेलको बिषयमा गुगल सर्च भएको छ ।  पाकिस्तानपछि धेरै सर्च भारतबाट भएको छ भने तेस्रोमा युएई छ । चौथोमा ओमान छ भने पाचौमा नेपाल रहेको छ । नेपालमा पनि यी दुई टोली बीचको खेललाई चासोका साथ हेर्ने गरिएको छ । नेपालमा बसोबास गर्ने भारतियको संख्या पनि ठुलो छ । सुचीमा नेपाल पछि कतार रहेको छ ।

 

यस अवधिमा गुगलमा खेल कति बजे हो , कहाँ हो , त्यस दिन मौसम कस्तो हुन्छ लगायतका प्रश्न सोधिएका छन् । खेल नेपाली समय अनुसार ३:१५ बजे इंग्लैंडको बर्मिंघम शहर स्थित एजबेस्टन क्रिकेट ग्राउंडमा हुने छ । त्यस रंगशालाको दर्शक क्षमता २५ हजार रहेको छ । आजको खेलमा मौसम बाधक हुन् सक्ने अनुमान गरिएको छ । 

भारत र पाकिस्तानबीचको अन्तिम खेल सन् २०१६ को टि २० बिश्वकपको समुह चरणमा खेलिएको थियो । कोलकातामा भएको यस खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो । 

भारत  विराट काेहलीकाे कप्तानीमा र पाकिस्तान सर्फराज अहमदकाे कप्तानीमा मैदान उत्रदै छ ।

च्याम्पियन ट्रफीमा भारत र पाकिस्तान २ पटक आमने सामने भएका छन्  । जस मध्ये भारतले एक र पाकिस्तानले २ खेल जितेको छ  । बिश्व कपमा भने हालसम्म पाकिस्तानले भारत माथि जित हासिल गर्न सकेको छैन  । आईसीसीको प्रतियोगिताहरुमा भारत र पाकिस्तान १४ पटक आमने सामने भएको पाकिस्तानले केवल २ खेलमा जित हात परेको छ  । दुवै जित च्याम्पियन ट्रफीमा नै आएको थिए  । बाकि १२ खेलमा भारत बिजयी भएको थियो  ।

खेल स्टार स्पोर्ट्समा लाइभ हेर्न सकिने छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved