बलियो मानिएको यमनसंग नेपालले बराबरी खेल्यो, तालिकामा तेस्रो स्थानमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 13, 2017 | 05:12:26 PM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त अरब इमिरेट्स (युएई) मा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोट प्रतियोगिता अन्तर्गत भएको नेपाल र यमनको खेल बराबरीमा टुंगिएको छ । सशस्त्र प्रहरी बलको खेल मैदान हल्चोकमा भएको खेल गोल रहित बराबरीमा सकिएको हो । बराबरीसंगै दुवै टोलीले १-१ अंक बाडेका छन्  । 

खेलमा दुवै टोलीली केहि राम्रा अवसर सिर्जना गरेपनि गोल गर्न भने सकेनन्  । 

बराबरीसंगै नेपाल १ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ भने यमन शिर्ष स्थानमा पुगेको छ ।  आज नै यसै समुहको ताजकिस्तान र फिलिपिन्स भिड्ने छन्  ।  त्यस खेलमा ताजकिस्तान बिजयी भए नेपाल पुन चौथो स्थानमा पुग्ने छ  । प्रतियोगिताको छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved