यू- १९ बिश्वकप छनौट: सिंगापुर बिरुद्द नेपालको कठिन जित, सन्दिप र दिपेन्द्र चम्किए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 21, 2017 | 02:35:15 PM मा प्रकाशित

laxmi  sunrise bank

यू- १९ बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले कठिन जित हात पारेको छ  आजको खेलमा नेपालले सिंगापुर यु १९ संग कठिन जित हात पारेको हो  आज नेपालले सिंगापुरलाई २२ रनले पराजित गरेको हो  

टस जितेर पहिले ब्याटिंग गरेको नेपालले ४६.५ ओभरमा अल आउट हुदै १६८ रन जोड्यो । नेपालको लागि दिपेन्द्र सिंह ऐरीले अर्थाशतकीय पारी खेल्दै ५४ रन जोडे । त्यस्तै सन्दिप सुनुवारले २६, रोहित कुमार पौडेलले १५, केसी प्रकाशले २३ ले जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । 

१६९ को लक्ष्य लिएर मैदान उत्रेको सिंगापुर ४६.५ ओभरमा अल आउट हुदै १ सय ४६ रन मात्र जोड्न सक्यो । सिंगापुरबिरुद्द कप्तान सन्दिप लामिछानेले सर्बाधिक ४ विकेट लिए । त्यस्तै पवन शरफ र किशोर महतोले समान २-२ विकेट लिए। अर्थ शतिकीय पारी खेलेका ऐरीले पनि १ विकेट लिए । यो नेपालको तेस्रो जित हो  

प्रतियोगितामा नेपाल सहित, अफगानिस्तान, मलेशिया र सिंगापुर सहभागी छन् । डबल राउण्ड रोबिन लिग आधारणमा हुने यस प्रतियोगोगितामा सबै टिमले आपसमा दुई-दुई खेल खेल्नेछन्। समुहमा शिर्ष स्थानमा रहने टोलीले मुख्य प्रतियोगितामा भाग लिन पाउने छ  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved