अफगानिस्तानसंगको दुवै खेल गुमाएपछि नेपाल बिश्वकपमा छनौट हुन् असफल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 25, 2017 | 02:32:58 PM मा प्रकाशित

laxmi  sunrise bank

अफगानिस्तानसंगको दुवै खेल गुमाएपछि नेपाल यु १९ बिश्वकपमा छनौट हुन् असफल भएको छ । बिश्वकपमा छनौट हुनको लागि आजको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई ठुलो अन्तरले जित हँसिल गर्नु पर्ने थियो । तर नेपाल ९६ रनले पराजित भएपछि बिश्वकप सम्भावना समाप्त भएको हो । 

 पहिले टस जितेर ब्याटिंग गरेको अफगानिस्तानले ४६.५ ओभरमा सबै विकेट गुमाउदै १९५ रन जोडेपछि नेपालले १९६ रनको लक्ष पाएको थियो  । १९६ रनको लक्ष्यलिएर मैदान उत्रेको नेपाल  ४०.६ ओभरमा ९९ रन जोड्दा अलआउट भयो । नेपालको लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४८ रनको योगदान दिए । पाचौं नम्बरमा आएका दिपेन्द्रले ८१ बल खेलेर ७ चौकार र १ छक्का प्रहार गरे । त्यस्तै पवन सर्राफ र प्रकाश केसीले समान १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोटो अंकको रन बटुल्न सकेनन । 

यस अघि नेपालले अफगानिस्तानलाई अल आउट गर्ने क्रममा नेपालका लागि शाहव आलमले सर्बाधिक ४ विकेट, दिपेन्द्र सिंह एरिले ३ विकेट तथा सन्दिप लामिछाने र रोहित कुमार पौडेलले समान १-१ विकेट लिएका थिए  ।

अफगानिस्तानका लागि इब्राहिम जादरानले शतकीय पारी खेल्दै ११४ बलमा ७ चौका र ५ छक्काको मदतमा १०१ रन बनाएका थिए । ४४ औ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १९० रनको अवस्थामा रहेको अफगानिस्तानको पारीलाई धक्का दिन  ४५ औ ओभरमा आलमले ३ विकेट लिए ।  

प्रतियोगितामा नेपाल सहित, अफगानिस्तान, मलेशिया र सिंगापुर सहभागी थिए । डबल राउण्ड रोबिन लिग आधारमा भएको  यस प्रतियोगोगितामा सबै टिमले आपसमा दुई-दुई खेल खेलेका थिए। अफगानिस्तान समुहको सबै खेल जित्दै यु १९ बिश्वकपको लागि छनौट भएको छ ।   नेपालले भने अफगानिस्तानको दुवै खेल गुमाउदै प्रतियोगिताबाट उप बिजेता मै चित्त बुझाएर फर्कन बाध्य भएको छ ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved