पहिलो पटक टेलिकमको द्रुत गतिको इन्टरनेट सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2019 | 06:53:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले पहिलो पटक  रुपन्देहीको  गैडहवा गाउँपालिकामा द्रुत गतिको इन्टरनेट सेवा (एफटीटीएच–फाइबर टु द होम) को शुभारम्भ गरेको छ । गाउँपालिकाको सूर्यपुरा बजारमा सो सेवाको शुभारम्भ गरिएको हो । 

 पूर्व मन्त्री तथा संसदको सार्वजनिक लेखा समितिका सभापति एवं रुपन्देही क्षेत्र नम्बर ५ का सांसद भरतकुमार शाहले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई एफटीटीएच प्रविधिको भ्वाइस तथा भिडिओ कल गरेर सो सेवाको विधिवत् शुभारम्भ गरेका हुन । सोहि अवसरमा टेलिकमले त्यस क्षेत्रमा निःशुल्क प्रिपेड सिम समेत वितरण गरेको थियो । 

टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजरका साथै कम्बो प्याकेज समेत उपलब्ध गराइरहेको छ । यस अन्तर्गत न्यूनतम एक वर्षका लागि ८ एमबीपीएसको प्याक जम्मा ८ हजार रुपैयाँमा उपलब्ध छ । हाल एफटीटीएच प्याकेज अन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन् । 

टेलिकमले एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved