सिमकार्ड ६ महिना प्रयोग नगर्दा आफ्नै बैंक खाताको पैसा चोरी हुने जोखिम

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Jul 06, 2020 | 03:28:49 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको न्युरोड बस्दै आएका बसन्त हुँमागाईले एनसेल सेन्टर न्युरोडबाट नयाँ सिम निकाले । सिम किनेकै दिनदेखि उनलाई अपरिचित नम्बरबाट अपरिचित व्याक्तिको फोन आउँन थाल्यो। उनलाई  निरन्तर अपरिचित नम्बर र अपरिचित व्यक्तिबाट फोन आइरह्यो । भर्खर स्नातक अध्ययन गर्दै गरेका उनलाई 'बिल बन्यो, सामान आयो , पैसा आयो' लगायतका प्रश्न आउँन थाले ।  

यसबारे उनलाई खुल्दुली भयो । आफुलाई यसरी फोन किन आइरहेको छ भन्ने जिज्ञासा मेटाउन उनी एनसेल सेन्टर पुगे । त्यहाँका कर्मचारीले त्यो नम्बर पहिले अरु नै व्यक्तिको नाममा रहेको खुलासा गरे । उक्त नम्बरबाट अरु नै कुनै व्यक्तिको इमो नम्बर समेत एक्टिभ रहेको थाहा पाएपछि हुमागाईं चकित परे। यति मात्र होइन उनले इमोमा भएका सम्पूर्ण म्यासेज समेत हेरे । हुमागाई यस्तो समस्या भोग्ने प्रतिनिधि पात्र मात्र हुन् । 

यसरी एक व्याक्तिले लिएको सिम किन अर्को व्यक्तिलाई  दिइयो भन्ने जिज्ञासा हामिले नेपाल दुरसञ्चार प्राधिकरणमा राख्यौ  । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एक व्यक्तिले सिम लिएर त्यो सिम ६ महिनासम्म नचलाई राखेको खण्डमा सो नम्बर अर्को व्यक्तिलाई दिने गरिएको बताए । उनका अनुसार प्राधिकरणको अनुमतिमै सेवा प्रदायकहरुले ६ महिनासम्म निष्क्रिय  रहेका सिमहरु अर्को व्यक्तिलाई दिइने गरेको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एक व्यक्तिले सिम लिएर त्यो सिम ६ महिनासम्म नचलाई राखेको खण्डमा सो नम्बर अर्को व्यक्तिलाई दिने गरिएको बताए 

तर ६ महिनासम्म नचलाइ राखेका सिम अन्य व्यक्तिलाई वितरण गर्दा विभिन्न ब्यबहारीक समस्या उत्पन्न भएको छ । यसकै कारण साईबर अपराध समत बढेको छ । यसरी एक व्यक्तिको सिम अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा अनाधिकृत रुपमा अन्य व्यक्तिको मोवाइल नम्बरमा पहुँच पुग्न गई बैकिङ्ग सेवा, ईमेल सेवा, फेसबुक लगायतका समाजिक सञ्जाल र अन्य डिजिटल सेवाहरु तथा डाटाहरुमा समेत अनाधिकृत व्यक्तिको पहुँच पुग्न जाने हुँदा सुरक्षा खतरा बढेको हो । कतिपय हकमा बैंक खातामा मोबाइल नम्बर जोडिने र सोहि नम्बर अर्को व्यक्तिलाई जाँदा आफ्नो व्यक्तिगत बैंक खातामा समेत अनाधिकृत पहुँच भई बैंकको पैसा समेत चोरिने जोखिम हुन्छ। 

प्राधिकरणले डेढ बर्ष अधिदेखि यस्तो अनुमति दिएपनि अपराधिक घटनाका उजुरी खासै नआएको जनाएको छ । यसरी अर्को व्यक्तिले सिम प्राप्ति पश्चात पहिलाको व्यक्तिको बैकिङ्ग सेवा, ईमेल सेवा, फेसबुक लगायतका समाजिक सञ्जाल र अन्य डिजिटल सेवाहरु तथा डाटाहरुका दूरुपयोग गरेमा साइबर क्राइम अन्तर्गत कारवाहि हुने प्राधिकरणका  अध्यक्ष खनाल बताउछन् । उनले भने  'यदि कसैले अर्कैको सिम प्राप्तिपश्चात दूरुपयोग गर्न खोजे  उसलाई साइबर अपराध अन्तर्गंत कारवाही हुन्छ तर अहिले त्यस्तो कमै आएको छ ।’

६ महिनासम्म बन्द रहेको तथा उपयोग नभएको सिम सदूपयोग होस् भनेर अर्काे व्यक्तिलाई दिने निर्णय गरेको खनालले बताए । यदि कसैले आफुले चलाएको सिम अरुले प्राप्त  नगरोस् भन्ने चाहना राखेमा उसले ६ महिना अगावै सिम अपडेट अर्थात् पुन सक्रिय गर्नु पर्ने उनी बताउछन। उनका अनुसार प्रयोग नगरेको सिमलाई एक पटक मोबाइलमा हालेपछि मोबाइलमा नेटवर्क देखाएमा सिम सक्रिय हुन्छ।  उनले भने ' सिम लिएर उक्त नम्बर सामाजिक सञ्चाल प्रयोगकालागि तथा ईमेल सेवा, बैकिङ्ग सेवामा लगायतमा प्रयोग गर्ने व्यक्तिले बिचमा सिमलाई अपडेट गर्नुपर्छ भनेर पनि जान्नु पर्छ ।’ उनी प्रश्न गर्दै भन्छन् 'यति धेरै सेवा प्रयोग गर्ने व्यक्तिले आइटिको बारेमा धेरै बुझेको हुनुपर्छ तर सिम लगातार बन्द गरेर राख्नुहुन्न भनेर किन नबुझेको ?’ उनले विदेशमापनि ६-७ महिनासम्म सिम नचलाई राखेमा अर्को व्यक्तिलाई दिने नियम रहेको दाबी गरे।

यद्यपि यस्तो नियम पुनरावलोकनको लागि छलफल भईरहेको अध्यक्ष खनालले बताए । ६ महिनाको उक्त समय अवधि बढाउन सेवा प्रदायक कम्पनीहरुसंग छलफल भईरहेको र यसबारे छिट्टै निर्णय हुने उनले जानकारी दिए । खनालका अनुसार अहिलेसम्म प्राधिकरणमा ६ वटा सेवा प्रदायक दर्ता भएपनि हाल ३ वटाले मात्र सेवा दिइरहेको जानकारी दिए । नेपाल टेलिकम, एनसेल, स्मार्टफोन, हेल्लो नेपाल, यूटिएल र सिजी कम्युनिकेशन प्राधिकरणमा दर्ता भएकोमा हाल नेपाल टेलिकम, एनसेल र स्मार्टफोनले मात्र सेवा दिदै आएका छन् ।

यसरी एउटा व्यक्तिले प्रयोग गरेका नम्बर अर्को व्यक्तिले प्रयोग गर्दा जोखिम बढ्ने र सरकारको नीति नै फितलो रहेकोले यसबारे आफु स्वयं  सजग रहनु पर्ने विज्ञ बताउछन् । यदि कुनै नम्बर प्रयोग नगर्ने भए त्यस नम्बर प्रयोग भएका सबै स्थानबाट त्यो नम्बरलाई अनलिंक अथवा हटाउन विज्ञको सुझाव छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved