टेलिकमले खोल्यो सहायक कम्पनी, के गर्छ काम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 12:51:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले डिजिटल भुक्तानी सेवालाई व्यवस्थित गर्न छुट्टै सहायक कम्पनी स्थापना गरेको छ । टेलिकमले मोबाइल सेवाबाट हुने सम्पूर्ण कारोबारलाई समेटर फाइनान्सीङ कारोबार गर्न 'डिजिटल पेमेन्ट कम्पनी लिमिटेड' नाम दिएर छुट्टै कम्पनी स्थापना गरेको हो ।

टेलिकमका सहप्रबक्ता कृष्णप्रसाद भण्डारी उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् । नवनियुक्त सीइओ भण्डारीका अनुसार मंगलबारदेखि कार्यालय स्थापना गरेर काम सुरु गरिएको छ ।

'मोबाइलबाट हुने भुक्तानी सेवालाई विस्तार गर्दै विश्वसनिय बनाउदैँ लैजाने योजना सहित सेवा गरिएको हो'।  उनका अनुसार कम्पनीको अधिकृत पूँजी १ अर्ब छ भने जारी पूँजी ४० करोड रहेको छ' उनले भने । 

सेवा विस्तारका लागि आवश्यक सर्भर खरिदको लागि असाज २ गतेसम्मको समय राखेर मंगलबार अन्तराष्ट्रिय बोलपत्र आह्वान गरिएको छ । आह्वानमा परेका निवेदन अनुसार सिस्टम किनेपछि सेवा सूरु हुने टेलिकमले जनाएको छ । 

गत वर्ष नै नेपाल राष्ट्रि बैंक र नेपाल टेलिकम बिच डिजिटल पेमेन्ट सञ्चालनका लागि सम्झौता भएको थियो । उक्त सम्झौता अुनसार मंगलबारदेखि छुट्टै सहायक कार्यालय स्थापना गरेर काम सुरु गरेको छ। 

उता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷०७८ को मौद्रिक निती मार्फत भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकको नयाँ लाइसेन्स स्थगन गरेको छ । उक्त व्यवस्था अनुसार बैंकले सैद्धातिक सहमति प्रदान गरिएका (आशयपत्र प्राप्त गरिसकेका) संस्थाहरु बाहेक नयाँ अनुपतिपत्र प्राप्त गर्ने कार्य स्थगन भएको छ । हाल बजारमा आईएमई पे, इसेवा, सेलपे, खल्ती, प्रभु पे लगायत १४ डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीले सञ्चालन अनुमति पाएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved