क्लिन फिड लागू गर्न सरकारलाई निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2020 | 02:34:33 PM मा प्रकाशित

laxmi  sunrise bank

कात्तिक ७ गतेसम्म विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागू गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको संसदको विकास तथा प्रविधि समितिको बैैठकले आगामी कार्तिक ७ गतेभित्र बोर्ड गठन गरेर लागू गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

विज्ञापन नियमन ऐन २०७६ को दफा ६ अनुसार डाउनलिंक अनुमित लिएर नेपालमा प्रशारणमा रहेका टिभी च्यानलहरु विज्ञापन रहित हुन नसक्ने च्यानलहरुको प्रशारण रोक्न मन्त्रालयले बनाएको कार्ययोजना १५ दिनभित्र समितिमा पेश गर्न निर्देशन दिएको समिति सभापति कल्याणी कुमारी खड्काले जानकारी दिई । 

बैठकमा सहभागी मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले निर्धारित मितिमा क्लिन फिड लागू गर्ने तयारी भएको दाबी गरे । क्लिन फिड नियमनका लागि  सरकारले ल्याएको विज्ञापन नियमन गर्ने ऐन २०७६ राष्ट्रपतिबाट प्रमाणित भइसकेको छ । 

के हो क्लीन फिड ?

विज्ञापन ऐन–२०७६ को प्रावधानअनुसार नेपालमा प्रशारण हुने बिदेशी टेलिभिजन च्यानलहरुले बिज्ञापन रहित (क्लिन फिड) प्रशारण गर्नुपर्नेछ । अर्थात उक्त प्राबधानअनुसार नेपालमा प्रशारण हुने बिदेशी टेलिभिजन च्यानलका कन्टेन्ट बाहेक विज्ञापन हेर्नुपर्ने बाध्यता हुँदैन् । 

विज्ञापन रहित टेलिभिजन च्यानलको अवधारणा नै क्लीन फिड हो । नेपालमा क्लिनफिड लागू गर्ने लामो समयदेखिको प्रयासबीच सरकारले गत वर्ष विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ मा ल्याएको थियो । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved