वैदेशिक रोजगारी बारे ‘शुभयात्रा’ को अनलाईन कोर्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 01:53:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सुरक्षित वैदेशिक रोजगारीका लागि सूचनामूलक एन्ड्रोइड एप ‘शुभयात्रा’ले अनलाईन कोर्ष सुरु गरेको छ । ‘शुभयात्रा’ले अनलाईन कोर्षमा स्वध्ययन गर्न मिल्ने खालका अन्तरक्रियात्मक सामग्रीहरु राखेका छन् । 

वैदेशिक रोजगारीमा जान चाहने नेपालीलाई लक्षित गरी शुभयात्राले नयाँ रिवार्ड योजना सुरु गरेको हो । उक्त कोर्समा सहभागी भइ एप प्रयोगकर्ताहरुले पचास रुपैयाँ वा सो भन्दा बढी रिवार्ड प्राप्त गर्न सक्नेछन् । शुभयात्राले रिवार्डको लागि खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ ।

शुभयात्राको सुनौलो कक्षामा विदेशी भाषा, वित्तीय साक्षरता, रोजगार सम्झौता पत्र, सिप लगायत अन्य वैदेशिक रोजगारीसँग सम्बन्धित एक दर्जन भन्दा बढी कोर्सहरु उपलब्ध छन् । एपमा उपलब्ध कुनै पनि कोर्स पूरा गरिसकेपछि ५० रुपैयाँ वा बढिको रिवार्ड कुपन प्राप्त हुनेछ । यसरी प्राप्त गरेको कुपन खल्ती मार्फत उपलब्ध सबै प्रकारका सेवाको डिजिटल भुक्तानी मार्फत लिन सक्नेछन् ।  जस्तैः मोबाईल रिचार्ज गर्ने, बिजुलीको महशुल तिर्ने, इन्टरनेटको बिल तिर्ने, फिल्म टिकट किन्ने आदि ।

हरेक कोर्सको अन्तिममा दिइएको क्विज पुरा गरिसकेपछि प्रमाण पत्र र थप रिवार्ड कुपन प्राप्त गर्न सकिनेछ । 

द एसिया फाउन्डेसनकी नेपाल प्रतिनिधी मेघान नाल्बाका अनुसार नेपालमा कुनै पनि इ–लर्निङ प्लाटफर्मले अन्लाईनमा उपलब्ध कोर्सहरुमा सहभागीहरुलाई यसरी रिवार्ड कुपन र अन्य उपहारहरु प्रदान गर्न थालेको यो पहिलो पटक हो ।

सुनौलो कक्षामा उपलब्ध कुनै पनि कोर्स पूरा गरिसकेपछि आफ्नो मोबाईल नम्बर दाखिला गरेर रिवार्ड कूपन प्रयोग गर्न सकिनेछ । विदेशमा रहेका सहभागिहरुले नेपालमा रहेका आफ्ना आफन्तहरुको मोबाईल नम्बर दाखिला गरी उक्त कूपन प्रयोग गर्न सक्नेछन् ।

धेरै नेपालीको रोजाईमा पर्ने गत्तव्य देशहरू मलेसिया, कतार, साउदी अरेबिया, युएई र कुवेतबारे सम्पूर्ण जानकारीहरू राखिएको छ । यस एपले विदेश जाने सोचमा भएकालाई कसरी सुरक्षित तरिकाबाट जाने भनेर सचेत गराउने, विदेश जानको लागि कागजपत्रहरु ब्नाउने तथा ठगीबाट जोगिने तरिका उल्लेख छ । साथै विदेशबाट नेपाल फर्किन चाहानेहरूलाई नेपाल फर्किएर व्यापार व्यवसाय गर्न के गर्ने, अवसरहरू कता खोज्ने भन्ने बारे जानकारी समेत रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved