नेपालमा भित्रियो 'बिश्व कै सबै भन्दा सानो कम्प्युटर': आकार पेन ड्राइभ जत्रो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 02, 2017 | 01:50:22 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रबिधि क्षेत्रमा विकास तिब्र गतिमा भई रहेकोमा दुई मत छैन । छोटो समय मै प्रबिधिले बिशाल फड्को मारिसकेको छ । केहि दशक अघिसम्म २-३ वटा कोठामा अट्ने कम्प्युटर अब तपाइको हातमै अट्छ । तपाईलाई बिश्वास नलाग्न सक्छ, तर प्रविधिको दुर्त विकास यो सम्भव बनाएको छ । 

यो बिश्व कै सानोको कम्प्युटर समेत हो । यसलाई खरिद गर्न बिश्वको कुनै अति बिकसित मुलुकमा जानु पर्दैन । यो हाम्रै नेपालमा उपलब्ध छ । हो नेपालमा पहिलो पटक बिश्व कै सानो कम्पुटर भित्रिएको छ । पेन ड्राइभ जस्तै देखिने र   पेन ड्राइभ जत्रै यो कम्प्युटर शिफ्ट टेक्नोलोजी प्रालिले भित्राएको हो  । 

कम्पनीले यसलाई क्यान इन्फोटेकमा समेत प्रदर्शनको लागि राखेको थियो । क्यान अवलोकनकर्तालाई यो निकै आकर्षणको बिषय थियो। टुकि स्टिक' नामको यो पेन ड्राइभ जस्तै देखिने डिभाइज आफैमा सिपियु हो । यसलाई मोनिटर, टिभी, प्रोजेक्टरमा जोडेपछि यसले पूर्ण रुपमा कम्प्युटरको काम गर्छ । 

विन्डोज ८.१ र एण्ड्रोईड ४.४ किटक्याट सपोर्ट गर्ने यसमा २ जीबी र्याम छ । कोरियाली कम्पनीले तयार पारेको यो बिश्व कै सानो कम्प्युटर क्यान मेलामा ११ हजार ५ सयमा बिक्रि भएको थियो । यो १३ हजारमा खरिद गर्न सकिने कम्पनिले जनाएको छ ।

 शिफ्ट टेक्नोलोजीका कार्यकरी निर्देशक नविन श्रेष्ठले यसमा ६ महिनाको वारेन्टी हुने र ३२ जीबी स्टोरेज क्षमत हुने बताएका छन् । यदि प्रयोगकर्ताले चाहेमा यसमा विन्डोज ७ अथवा १० हाल्न पनि सक्ने छन् । ब्लुटुथ समेत भएको यसमा १२८ जीबीसम्म स्टोरेज क्षमता बढाउँन सकिन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved