यस्तो छ टेलिकमको नयाँ बर्ष अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2019 | 12:51:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले नयाँ वर्ष २७६ को अफर सार्बजनिक गरेको छ । अफरको रुपमा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने भएको छ । सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने छ । 

उक्त प्याकको अवधि खरिद गरेपश्चात् ५ दिनसम्म रहने छ । सो प्याक २०७५ चैत ३० देखि २०७६ बैशाख २ (३ दिन) सम्म खरिद गर्न सकिने टेलिकमले जनाएको छ । 

प्याक प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved