नेता र मन्त्रीलाई रारावासीको आग्रह ‘कमसेकम घोडा चढेको त पैसा दिनुस्’ (भिडियो सहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 28, 2018 | 02:42:38 PM मा प्रकाशित

laxmi  sunrise bank

मुगुको रारा ताल आफैँमा एउटा भू–स्वर्गीय आनन्दको अनूभूत स्थल हो । तालमा देखिने निलो पानी अनि पानीमा देखिने छायाँनाथ हिमालको दृश्यले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाईदिन्छ । निलो समुन्द्र जस्तो देखिने ताल १ सय ६७ मिटर गहिरो छ । समुद्री सतहदेखी २ हजार ९ सय ९० मिटरको उचाईमा अवस्थित यो तलाउको लम्बाई ५ किलोमिटर र चौडाई ३ किलोमिटर छ ।

रारा तालको किनारका चौरहरुमा विभिन्न रङ्गका घोडा चरिहेका देख्न सकिन्छ । बिहान उज्यालो हुँदा गोडा धनीहरु आफ्नो घोडा डोहोर्याउँदै तालको किनारमा आईपुग्छन् । अनि त्यहाँ पुगेका पाहुनालाई घोडा चढाएर मनोरञ्जन दिलाउँछन् । एउटा बच्चा घोडाको ४० हजार र ठूलो घोडाको १ लाखसम्म पर्छ ।

कर्णाली बासिको राज्यप्रतिको गुनासो धेरै छ । वर्षमा एक बाली मात्रै खेती हुँदोरहेछ, चिसोको कारणले । फापर, सिमी मनग्य फल्ने भएपनि जंगली जनावरले दिनु दुख दिएको रहेछ । ‘एउटा बालक ९/१० महिनामा जन्मिन्छ, तर हाम्रो तिर अन्न बाली पाक्न १ वर्ष लाग्छ’ रारा किनारमा घोडा डोहोयौउँदै गरेका जन्मजय रोकायले भने ।

सिभिल इन्जिनियरिङ पास गरेका रोकाय रारा किनारमा घोडा चलाउन सुरु गर्ने युवा हुन् । उनी अहिले १९ वर्षका भए । एकदिन ताल्चा एयरपोर्ट जाने पर्यटकको खुट्टा मर्किएपछि उनले एकजना पसले दाजुको घोडा ल्याएर उनलाई एयरपोर्टसम्म पुर्यादिएका थिए । उनले त्यतिबेला ३ दिनमा ९ हजार कमाएका थिए । त्यसपछि रारा किनारामा घोडा चलाउने कामले व्यवसायीक गति लिएको हो । अहिले सय वटा भन्दा धेरै घोडाहरु रारा किनारमा छन् । ताल आसपासका बस्तीमा सबैजसो घरमा घोडा छ । अहिले पनि दैनिक २ हजारभन्दा माथि कै कमाई हुने घोडा धनीहरु बताउँछन ।
तराईतिर सवारी साधनको रुपमा साईकल प्रयोग भएजस्तै कर्णालीका उच्च पहाडी भेगमा सवारीका रुपमा घोडा प्रयोग हुन्छन् । सामान ओसार पसार गर्न खच्चर र मान्छे बोक्न घोडा ।

प्रकृतिले रारालाई मुगुको हुटुमा जन्माएपनि त्यस क्षेत्रका बासिन्दा भने निकै दुखी छन् । वर्षमा एक बाली मात्रै अन्न फल्ने गरेको छ । सरकारी तहबाट पनि उनीहरुले कुनै सेवा सुविधा पाएका रहेनछन् । भएको अन्न बेचेर घोडा किनेकाहरु रारा ताल हेर्न देशका प्रधानमन्त्री, मन्त्री र नेताहरु नआईदिए हुन्थ्यो भन्छन् । किनभने रारा पुगेका मन्त्रीहरु घोडा चढेवापत घोडा धनीलाई पैसा दिँदैनन् । डुङ्गामा बसेर ताल घुम्न रुचाउँछन् मन्त्रीहरु तर सित्तैमा । कोही कोहीले पैसा दिए भने पनि चलेको रेटभन्दा कम दिएर आफूहरुको रेट नै घटाईदिएको गुनासो गछर्न जीवन रोकाय । ‘मन्त्रीलाई त्यतिमा चढाउने हामीलाई  किन महङ्गो भन्छन् अरु पर्यटकहरु, अनि चढाउँनै पर्यो’ उनले भने ।

त्यस क्षेत्रका नागकिर भन्छन्, ‘रारा हेर्न प्रधानमन्त्री पनि आए, मन्त्री आए तर हाम्रो दुख हामीसँगै छ । नेता आउँछन् मन्त्री आउँछन् तर घोडा चढेको डुङ्गा चढेको पैसा दिँदैनन् । यो त हाम्रै मान्छे हो, ल है राम्रो गर्नु भन्छन्, जान्छन् ।’

कर्णाली प्रदेशका बन, वाताबरण तथा पर्यटनमन्त्री नन्नसिंह बुढा रारा क्षेत्रका नागरिकको जीवनस्तर उकास्ने गरी प्रदेश सरकारले काम गरिरहेको बताउँछन् । ‘रारा आउने पर्यटकको संख्या बढेको छ, यसले लाभ हुने यहाँका जनतालाई नै हो । यहाँका नागरिकको समृद्धिका लागी हामी काम गरिरहेकै छौँ’ उनले विजपाटीसँग भने ।

हेर्नुस् भिडियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved