‘देश दर्शन’ अभियान सुरु

रासस

रासस

Sep 26, 2020 | 06:40:46 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड१९ महामारीबाट शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई गतिशील बनाउन सरकार तथा निजी क्षेत्रको साझेदारीमा पर्यटन पुनरुत्थान अभियान शुभारम्भ गरिएको छ। सरकारले बजेटमा घोषणा गरेको ‘देश दर्शन कार्यक्रम’ कार्यान्वयनका लागि पर्यटन क्षेत्रका सरोकारवाला संस्थाको समन्वय तथा सहकार्यमा देशदर्शन अभियान सुरु गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको पर्यटन पुनरुत्थान कार्यदलले आन्तरिक पर्यटनलाई चलायमान बनाउने पर्यटकीय गतिविधि सार्वजनिक गरेको छ। ‘पर्यटनका लागि हाम्रो सन्देश, घुमौँ देश, चिनौँ परिवेश’ भन्ने मूल नाराका साथ अभियानको लोगो, सन्देशमूलक भिडियोलगायत सामग्री सार्वजनिक गरिएको छ। 

पर्यटन पुनरुत्थानका लागि भएको पहलको पहिलो पाइलास्वरुप देशदर्शन कार्यक्रमको शनिबार उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोभिड–१९ महामारीका कारण थलिएको पर्यटनलाई गतिशील बनाई आर्थिक गतिविधि बढाउन सकारात्मक ऊर्जा प्रदान गरेको बताए।

उनले यसले हामीलाई पुनर्जीवित गरेको सन्देश दिएको बताए।  मन्त्री भट्टराईले कोरोना महामारीको जोखिम कम भइनसकेको तर यसबाट भागेर नभई जुधेर सबै एकताबद्ध भई साझा अभियानलाई सार्थक बनाइनुपर्नेमा जोड दिए। 

मन्त्री भट्टराईले महामारीबाट बचेर पर्यटनका गतिविधि बढाउन सरकारले हवाई उडान, होटल तथा रेष्टुराँ व्यवसाय, पदयात्रा, पर्वतारोहणजस्ता पर्यटकीय क्षेत्रलाई खुल्ला गरिसकेको उल्लेख गरे। 

असोज ५ देखि सुरु भएको मुलुकको आन्तरिक उडान उत्साहवद्र्धक रहेको उनको भनाइ छ।  आन्तरिक उडानमा अहिले ८० प्रतिशतभन्दा बढी ‘अकुपेन्सी’ रहेको र यसले पर्यटन क्षेत्रमा सकारात्मक सञ्चार जगाएको उल्लेख गरे। 

आन्तरिक पर्यटनमा आर्थिक गतिविधि बढाउन निजामती, सार्वजनिक संस्थानका कर्मचारी, शिक्षकलगायतलाई सातामा दुई दिन बिदाको व्यवस्था गर्न मन्त्रालयले कार्यदल बनाई गृहकार्य गरिरहेको र यसलाई छिट्टै मन्त्रिपरिषद्मा लगिने बताए। 

मन्त्री भट्टराईले ‘अनअराइभल’ भिसाको व्यवस्थाका लागि गृह मन्त्रालय, अध्यागमन विभागसँग छलफल भइरहेको र अनलाइनमार्फत यस्तो सेवा दिन सकिने गरी आवश्यक तयारी गइरहेको पनि जानकारी दिए।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कोभिड महामारीबाट सबैभन्दा बढी प्रभाव परेको पर्यटन क्षेत्रको पुनरुत्थान सरकारको प्राथमिकता परेको बताए। 

कार्यदलका संयोजक एवं नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले महामारीबाट सुरक्षित रहँदै पर्यटनसँग सँगसँगै भन्ने भावनाका साथ सरोकारवाला संस्था एकताबद्ध भएर देशदर्शन कार्यक्रम अघि बढाइएको उल्लेख गरे। 

कोभिड महामारीका सन्दर्भमा नेपालको पर्यटन पुनरुत्थानका लागि सकारात्मक, सक्रिय र परिणाममुखी भूमिका खेल्न निजी क्षेत्रको पहलमा सार्वजनिक–निजी साझेदारीको अवधारणाबमोजिम कार्यदल स्थापना भएको हो। देशभित्रका पर्यटन क्षेत्रका सरोकारवाला तथा स्रोत बजारका टुर अपरेटर्स एवं सम्भाव्य पर्यटकहरुबीच विश्वसनीय र प्रभावकारी सञ्चार गर्न कार्यदलले गतिविधि सञ्चालन गर्ने जनाएको छ।

पर्यटनको दिगो तथा छिटो पुनरुत्थानका लागि सकारात्मक सन्देश प्रवाह गर्न आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका कार्यक्रम सम्बन्धित निकायलाई सुझाउनुका साथै नेपालका प्रवद्र्धनात्मक तथा सकारात्मक सन्देशहरु नियमित रुपमा सम्प्रेषण गरिने पाटा नेपालका सिइओ सुरेशसिंह बुडालले बताए। 

कार्यदलको प्रवक्तामा पाटाका कोषाध्यक्ष खेम लकाई र कार्यदलको सचिवालय व्यवस्थापनको जिम्मा पाटाका सिइओ बुडाललाई दिइएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved