अर्घाखाँची बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2019 | 09:51:33 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्घाखाँचीको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ। सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार बेलुकी बस दुर्घटना हुँदा गाडी धनी सितगंगा नगरपालिका–२ का सन्तबहादुर बस्नेत र चालक कपिलवस्तुका बसन्त भनिने ओमबहादुर थापासहित १९ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा अर्घाखाँची सन्धिखर्क–७ का शिवलाल भट्टराई, बलराम भट्टराई, माया पुरी र मोनिका खड्का, भूमिकास्थान–९ का शैलेश थापा, सन्धिखर्क १० का छविलाल गैरे, गुल्मी धुरकोट गाउँपालिका–२ का सशस्त्र प्रहरी जवान राजकुमार महत र कपिलवस्तु चपर गाउँकी सीता बस्नेतको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । अन्य ९ जनाको परिचय खुल्न बाँकी छ । 

दुर्घटनामा घाइते भएका १८ जना मध्ये ८ जनाको भैरहवा मेडिकल कलेजमा र ७ जनाको चौहारा अस्पताल बुटवलमा उपचार भैरहेको छ भने एक जनालाई काठमाण्डौ रेफर गरिएको छ । दुई जना भने उपचार पछि घर फर्किएका छन् । सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस दुर्घटना भएको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved