साग खेल्न आएका १३ श्रीलंकाली खेलाडीमा डेंगु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2019 | 01:30:21 PM मा प्रकाशित

laxmi  sunrise bank

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा भाग लिन नेपाल आएका १३ जना श्रीलंकाली खेलाडी डेंगुको संक्रमणमा परेका छन् । उनीहरुको स्वास्थ्य परीक्षणमा डेंगु भेटिएपछि तेह्रै जनालाई ब्लूक्रस अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको छ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित ब्लूक्रस अस्पतालका अनुसार डेंगु देखिएकामध्ये महिला फुटबल खेलाडी गायथ्री नानायक्कराको अवस्था गम्भीर रहेकाले उनको आईसियुमा राखेर उपचार थालिएको छ । फुटबल खेल्न पोखरा पुगेकी उनलाई स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार साँझ काठमाडौं ल्याइएको थियो ।

डेंगु देखिएकामध्ये ६ जना खेलाडी भने उपचार सकेर फर्किएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved