डिसहोममा पैसा सकिएपनि ५ दिन टिभी चल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2019 | 04:03:48 PM मा प्रकाशित

laxmi  sunrise bank

डिस होमले आफ्नो 'अप्ठेरोमा उधारो' सेवाको अवधि लम्ब्याएको छ । कम्पनीले सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको म्याद थप गरि ५ दिन पु¥याएको छ । यो सेवाका साथ ग्राहकहरुले एकपटक किनेको नियमित सेवाको अवधि समाप्त भएपछि थप ५ दिनको क्रेडिट सेवा प्राप्त गर्न सक्नछन ।

यसरी नियमित सेवाको अवधि समाप्त भएपछि थप गरिएको क्रेडिट अवधि ग्राहकहरुले आफ्नो सेवा नवीकरण गर्दा सोही नवीकरण अवधिमा मिलान गरिने डिस होमलले जनाएको छ । यो सेवा सुविधा प्राप्त गर्नका लागि ग्राहकले कुनै प्रकारका अतिरिक्त व्ययभार व्यहोर्नु नपर्ने कम्पनीले स्पष्ट पारेको छ ।

अचानक सेवा टुट्न गएको अवस्थामा तत्काल सेवा नवीकरण सुविधा उपलब्ध हुने हुँदा ग्राहकहरुको टेलिभिजन हेर्ने अनुभवलाई थप विस्तार गर्न सहयोग पुग्न डिस होमकोे विश्वास छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved