अर्थमन्त्रीको व्यङ्ग्यः 'नक्कली कम्पनीको अडिट गरेर नैतिकताको कुरा'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2019 | 02:17:07 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय ठगी बढ्दै गएको बताएको छ । ठगीकै लागि नक्कली कम्पनी खडा गरेर नक्कली उपकरण जारी हुने गरेको र यसको लागि प्रविधिको प्रयोग गर्ने भएकोले यो चुनौतिको विषय बनेको खतिवडाको भनाई छ ।

आइतबार नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था आईक्यानले आयोजना गरेको ''प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटीङ करप्सन फ्रड' विषयक कार्यक्रममा बोल्दै आर्थमन्त्री खतिवडाले यस्ता ठगीमा प्रविधि समेत प्रयोग हुन् थालेकोले यो जटिल विषय बन्दै गएको बताए ।

नक्कली संस्था दर्ता हुने, नक्कली वासलात बन्ने, त्यहि नक्कली संस्थाको नक्कली वित्तीय विवरण बन्ने गरेको भन्दै उनले यो कसको कारण भएको भन्दै प्रश्न गरे । उनले भने 'नक्कली कम्पनीको अडिट गरेर सबै ठीक छ भनीरहेका छौ, कम्पनी रजिस्ट्रार कार्यलयमा दर्ता भएको छ, कति नागरीकता नक्कली छन, कति अनजान मानिसको नागरिकता दिएर फर्म दर्ता गरीएको छ, जसलाई म यो फर्ममा छु भन्ने पनि थाहा छैन, एकाउन्टसहरु सबै ठिक सँग राखिएको छ, रेकर्डहरु सबै ठिक छन, अडिटरहरु जानुहुन्छ र मैले जानेबुझेर, मलाई दिएको विवरणअनुसार सबैठिक छ भनेर सही गरेर हिड्नु हुन्छ, पछि जरै बाट 'फ्रड' निष्कन्छ ।’

पेशागत नैतिकताको कुरा धेरै हुने गरेको भन्दै अर्थमन्त्रीले भने ‘कानुनका साथिहरुले जो आफ्नो ग्राहक हुन्छ उसको लागि बहस गर्नु हाम्रो पेशागत दयित्व हो भन्नु हुन्छ, लेखापरिक्षक साथिहरुले पनि फर्म जस्तोसुकै होस लेखापरिक्षण गर्ने हाम्रो धर्म हो भन्नु भयो भने ठगी कै चक्रमा हामी पुग्छौँ ।' उनले सबै पेशाकर्मीहरुले आफ्नो मूल्य मान्यता बुझ्नु पर्ने भन्दै आफ्नो पेशमा जे गरि पनि हुन्छ भन्ने भ्रम त्याग्नु पर्ने बताए । उनले भने ' के कुरा हाम्रो मुल्य मान्यता भन्दा बाहिर पर्छ भन्ने सबै पेशाकर्मिले बुझ्नुपर्छ, मेरो पेशा हो मैले जे गरेपनि हुन्छ, पैशामा गैरकानुन र गैरसामाजीक कार्यको पनि पक्षबाट बोलीरहनुपर्छ भन्नुको अर्थ अर्थ रहँदैन ।’ उनले पेशागत निष्ठा सँगै पेशागत मर्यादा पनि ख्याल गर्नु पर्ने बताए ।

उनले सबै प्रकारका कानुन भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउने गरी बन्ने गरेको बताए । संघियतको कार्यन्वयनको सन्दर्भमा संघ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्र, जवाफदेहिताको विषयमा देखिएका अन्योलताको समाधान गर्न पनि कानुन बनिसकेको उनले बताए । उनले साझा अधिकार भएका कानुनहरु पुनार्भाषित गरेर सबै तहको अधिकार क्षेत्र भित्र त्यसलाई जवाफदेही बनाउने कानुन अहिले संसदमा रहेको बताए । उनले यो पास भएर आएपछि संघियता सम्बन्धी अन्योलहरु लाई ब्यवस्थित गर्ने दाबी गरे।

संघ प्रदेश र स्थानीय तहको बीचमा बाझिने अरु केही कानुनहरु, अन्तर सरकारी वित्त ब्यवस्थापन ऐन, स्थानीय सरकार संचालन ऐन पनि संशोधन गर्ने तयारीमा सरकार रहेको अर्थमन्त्री खतिवडाको भनाई छ । भष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग निवारण ऐन संशोधन प्रक्रिया अगाडी बढेको उनले बताए ।

आफ्नो माताहतका निकायमा हुने भ्रष्टाचार र ठगिहरु रोक्ने सक्ने गरी वित्तीय क्षेत्रका नियामकको काननु निमार्ण गर्न लागेको अर्थमन्त्रीको भनाई छ। नेपाल राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्था ऐन, बीमा ऐन, धितोपत्र ऐन र कम्पनी ऐन लगायतको ऐन संशोधनको प्रक्रियमा रहेको र संसदको हिउँदे अधिवेशनले धेरैजसो ऐन पारित गर्ने उनको भनाई छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved