कालापानी हिडेका उपप्रधानमन्त्री पोखरेल बीचबाटै फर्किए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2020 | 03:24:25 PM मा प्रकाशित

laxmi  sunrise bank

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल भारतले अतिक्रमण गरेको नेपाली भूमी कालापानी क्षेत्र हिडेको भएपनि बीच बाटोबाटै फर्किएका छन् । उपप्रधानमन्त्री पोखरेल, दार्चुलाका सांसद गणेशसिंह ठगुन्नासहितको टोली कालापानी नपुगी फर्किएको हो । 

नेपाली सेनाको हेलिकप्टरमा गएको टोली दार्चुलाको छाङ्गरूसम्म पुगेर आकाशबाटै फर्किएको हो । छाङ्गरूबाट कालापानी करिब १७ किलोमिटरको दूरीमा पर्छ ।

दार्चुला महोत्सवको उद्घाटन गर्न आइतबार खलंगा पुगेका मन्त्री पोखरेल सोमबार कालापानी जाने भन्दै सेनाको हेलिकप्टरमार्फत त्यसतर्फ लागेका थिए । तर हेलिकप्टर अवतरण गर्न नसकेपछि उनी त्यसै फर्किएका हुन् । ‘हिउँका कारण हेलिकप्टर अवतरण गर्न सकिएन, हवाई निरीक्षण मात्रै गरेर फर्कियौं’ टोलिमा रहेका सुदूरपश्चिम प्रदेश सभाका सांसद गेल्बुसिंह बोहराले भने । हेलिकप्टर करिब १० मिनेट त्यस क्षेत्रमा घुमेको थियो । 

टोलीमा मन्त्री पोखरेलसहित प्रदेश उपसभामुख निर्मला बडाल जोशी र प्रदेश सांसद मानबहादुर धामी पनि थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved